२५ पुस, काठमाडौं । अखिल क्रान्तिकारीले त्रिभुवन विश्व विद्यालयको चार वटा विभागको शुल्क घटाउन शिक्षा मन्त्री महावीर पुनलाई ध्यानाकर्षण गराएको छ ।
उपकुलपति दीपक अर्यालको कार्यक्षमा ताला लगाएर आन्दोलन गरिरहेको क्रान्तिकारीले शुल्क घटाउन माग गरिरहेको छ ।
मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैङ्गिक अध्ययन, सामाजिक कार्य र द्वन्द्व, शान्ति तथा विकास अध्ययनको शुल्क घटाउन माग गरेको हो ।
गत साउनको सहमतिअनुसार शुल्क समायोजन गर्न शिक्षामन्त्री पुनलाई ध्यानाकर्षण गराएको त्रिवि क्रान्तिकारी अध्यक्ष दिनेश ऐरले जानकारी दिए ।
‘पटकपटक ध्यानाकर्षण गराउँदासम्म पनि सुनुवाइ नभएको हुँदा सोको कार्यान्वयनका लागि बाध्यात्मक अवस्थाका सिर्जनाका कारण दबाव स्वरुप आन्दोलन (तालावन्दी) गरेको जानकारी गराउँदछौं। आन्दोलन पश्चात पनि सम्बन्धित निकायबाट सहमति कार्यान्वयनका लागि कुनै चासो नदेखाएको कारण विद्यार्थीहरुको माग सम्बोधनका लागि शिक्षामन्त्री तथा सहकुलपतिसमक्ष ध्यानाकर्षण गराउँदछौं,’ पत्रमा भनिएको छ ।

प्रतिक्रिया 4