News Summary
Generated by OK AI. Editorially reviewed.- भारतीय कलाकार रश्मिका मन्दाना र विजय देवरकोंडाले उदयपुरस्थित रिसोर्टमा सात फेरो लिएर बिहीबार विवाह गरेका छन्।
- दक्षिण भारतीय परम्पराअनुसार सम्पन्न विवाह समारोहको फोटो रश्मिकाले इन्स्टाग्राममा सार्वजनिक गरेकी छन्।
- रश्मिकाले विजयलाई आफ्नो श्रीमानको रुपमा परिचय गराउँदै मर्मस्पर्शी नोट लेख्दै जीवनका सबै कुरा अर्थपूर्ण भएको बताएकी छन्।
नयाँ दिल्ली । भारतीय कलाकार रश्मिका मन्दाना र विजय देवरकोंडाले विहिबार विवाह गरेका छन् । त्यहाँको उदयपुरस्थित एक रिसोर्टमा आयोजित वैवाहिक समारोहमा उनीहरूले सात फेरो लिए ।
दक्षिण भारतीय परम्पराअनुसार उनीहरूले विवाह गरेको भारतीय संचारमाध्यमले जनाएका छन् । विहिबार बेलुका विवाहबारेका फोटो सार्वजनिक गर्दै आफूहरू आधिकारिकरुपमा विवाह बन्धनमा बाँधिएको उनीहरूले जनाएका छन् ।
रश्मिकाले इन्स्टाग्राममा विजयलाई आफ्नो श्रीमानको रुपमा परिचय गराउँदै मर्मस्पर्शी नोट यसरी लेखेकी छन् :

अब तपाईंहरूलाई परिचय गराउँदै छु- ‘मेरो श्रीमान’
श्री विजय देवरकोंडा !!
त्यो मान्छे, जसले मलाई साँचो माया कस्तो हुन्छ भन्ने महसुस गराए,
त्यो मान्छे, जसले शान्ति भनेको कस्तो हुन्छ भन्ने देखाए !
त्यो मान्छे, जसले हरेक दिन ठूला सपना देख्नु ठीक हो भनेर सम्झाइरह्यो,
र म आफूले सोच्नुभन्दा धेरै गर्न सक्छु भनेर सधैं विश्वास दिलायो !
त्यो मान्छे, जसले मलाई कहिल्यै रोक्नुभएन- कसैले नहेरेझैं नाच्न,
त्यो मान्छे, जसले साथीहरूसँग घुम्न जानु सबैभन्दा रमाइलो कुरा हो भनेर देखायो ।
साँच्चै भन्नुपर्दा, यस मान्छेबारे म किताब नै लेख्न सक्छु !
आज म जे महिला बनेकी छु, जुन बन्ने सपना सधैं देख्थेँ,
त्यो सम्भव भयो– किनकि तिमीले नै मलाई आजको म बनायौ !
म साँच्चै भाग्यमानी छु !
विज्जु, तिमीप्रतिको भावना शब्दमा भन्न म सधैं अलि कमै पर्छु
यो कुरा तिमीलाई सधैं भन्थेँ नि !
तर अहिले लाग्छ- मेरा सबै उपलब्धि, संघर्ष, खुशी, दुःख,
मेरो जीवनका सबै कुरा अझ अर्थपूर्ण भएका छन्,
किनकि तिमी छौ- यी सबैको साक्षी बनेर, यसको सबैभन्दा ठूलो हिस्सा बनेर !
म तिम्रो पत्नी बन्न पाउँदा कति धेरै उत्साहित छु,
तिम्रो पत्नी हुन, तिम्रो पत्नी भनेर चिनिन-
अब त पूर्ण उत्सव सुरु भयो !
हामी सँगै सबैभन्दा सुन्दर जीवन जिऔँ !
म तिमीलाई माया गर्छु !





प्रतिक्रिया 4