News Summary
Generated by OK AI. Editorially reviewed.- गोरेटो एजुकेशन कन्सलटेन्सीले काठमाडौँको बागबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
- नयाँ शाखाबाट अष्ट्रेलिया, क्यानडा, यूके, अमेरिका, न्यूजिल्याण्ड लगायत मुलुकमा अध्ययन गर्न चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गरिनेछ।
- शाखा सञ्चालनको अवसरमा ३ सय बढी विद्यार्थी सहभागी भएका थिए र विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरूले परामर्श दिएका थिए।
६ चैत, काठमाडौँ – गोरेटो एजुकेशन कन्सलटेन्सीले आफ्नो नयाँ शाखा काठमाडौँको बागबजारमा पनि सञ्चालनमा ल्याएको छ।
शुक्रबारदेखि सञ्चालनमा आएको नयाँ शाखामार्फत अष्ट्रेलिया, क्यानडा, यूके, अमेरिका, न्यूजिल्याण्ड लगायतका मुलुकमा अध्ययन गर्न चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्न सुरु गरिएको गोरेटोका प्रबन्ध निर्देशक धिरज कंडेलले जानकारी दिए ।
नयाँ शाखा संचालमा आएसँगै निर्देशक कंडेल भन्छन्, ‘बागबजारमा विद्यार्थीलाई मल्टिडेस्टिनेसन करिअर काउन्सिलिङ गर्ने उद्देश्यले शाखाको विस्तार गरेका हौँ । विद्यार्थीलाई अन्य शाखाहरूबाट जस्तै यहाँबाट पनि सेवा दिनेछौँ ।’
यस्तै गोरेटोका संयोजक प्रकाश रेग्मीले नेपाली विद्यार्थीहरूले वैदेशिक अध्ययनका क्रममा भोग्ने भिसा अस्वीकृतिको डर, आर्थिक दबाब, तथा सामाजिक सञ्जालबाट सिर्जित भ्रम र यथार्थका सम्वन्धमा सम्बन्धित मुलुकका शिक्षणसंस्थाका प्रतिनिधिबाटै परामर्श लिन पाउने बताए।
संयोजक रेग्मी भन्छन्, ‘विदेश अध्ययन गर्न चाहाने विद्यार्थीहरुलाई आफू नजिकको स्थानबाट सेवा लिन सजिलो होस् भन्ने अभिप्रायका साथ हामीले बागवजारमा सेवा विस्तार गरेका हौँ ।’
गोरेटो एजुकेशनले काठमाडौँको बानेश्वर, ललितपुरको कूमारीपाटी, कोशी प्रदेशको इटहरी, बागमति प्रदेशको चितवन, गण्डकी प्रदेशमा पोखरापछि काठमाडौँको बागबजारमा शाखा विस्तार गरेको हो।
गोरेटोका प्रबन्ध निर्देशक कंडेलले अन्य शाखामा जस्तै यो शाखामार्फत पनि प्रभावकारी सेवा प्रदान गर्ने बताए।
गोरेटोले बागबजार शाखा सञ्चालनमा ल्याएको अवसरमा विभिन्न विश्वविद्यालय र कलेजका प्रतिनिधिहरूबाट विद्यार्थीहरुलाई परामर्श समेत प्रदान गरेको थियो।
सो अवसरमा ३ सय बढी बिद्यार्थीहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया 4