News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानले अन्तर्राष्ट्रिय जलयानहरूमाथि खतरा उत्पन्न गर्न बन्द गरेलगत्तै हर्मुज जलसन्धि पुनः सञ्चालनमा आउने बताएका छन्।
- रुबियोले भनेका छन्, 'यदि इरानले विश्वव्यापी ढुवानीमा अवरोध पुर्याउन छोड्छ भने यो जलसन्धि भोलि नै खुल्न सक्छ।'
- इरानले अमेरिका र इजरायलसँग सम्बन्धित जहाजहरूका लागि हर्मुज जलसन्धि बन्द गर्ने निर्णय गरेको थियो र हाल रुस, चीन, भारत, इराक र पाकिस्तानका जहाजलाई मात्र आवतजावत अनुमति दिएको छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानले अन्तर्राष्ट्रिय जलयानहरूमाथि खतरा उत्पन्न गर्न बन्द गरेलगत्तै हर्मुज जलसन्धि पुनः सञ्चालनमा आउने बताएका छन्।
बिहीबार सञ्चारकर्मीहरूसँग बोल्दै रुबियोले भनेका छन्, ‘यदि इरानले विश्वव्यापी ढुवानीमा अवरोध पुर्याउन छोड्छ भने यो जलसन्धि भोलि नै खुल्न सक्छ।’
यद्यपि, उक्त क्षेत्रमा नेभिगेसन पुनर्स्थापित गर्न अमेरिकाले स्थलगत सैन्य कारबाही गर्छ कि गर्दैन भन्ने प्रश्नमा भने उनले स्पष्ट जवाफ दिन इन्कार गरेका छन्।
गत फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानविरुद्ध सुरु गरेको सैन्य अभियानका कारण मध्यपूर्वमा भीषण युद्ध जारी छ।
जवाफमा इरानले अमेरिका र इजरायलसँग सम्बन्धित जहाजहरूका लागि हर्मुज जलसन्धि बन्द गर्ने निर्णय गरेको थियो।
पछिल्लो समय इरानले रुस, चीन, भारत, इराक र पाकिस्तान जस्ता ‘मैत्रीपूर्ण’ राष्ट्रहरूका जहाजलाई मात्र यस मार्गबाट आवतजावत गर्न अनुमति दिएको बताइएको छ।
विश्वको कुल तेल आपूर्तिको ठूलो हिस्सा ओगट्ने यो जलमार्ग बन्द हुँदा अन्तर्राष्ट्रिय बजारमा ऊर्जा संकट चुलिएको छ।
प्रतिक्रिया 4