News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौं जिल्ला अदालत बबरमहल पुगेर सहकारी ठगी प्रकरणको तारेख बुझेका छन्।
- स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ६९० जना बचतकर्ताले ९३ थान किटानी जाहेरी दिएका थिए।
- सरकारी वकिलले लामिछानेविरुद्ध ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो माग दाबी गरेका छन्।
१५ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं जिल्ला अदालत बबरमहल पुगेर तारेख बुझेका छन् । सहकारी ठगी प्रकरणको मुद्दामा उनले अदालत पुगेर तारेख बुझेका हुन् ।
उनको सचिवालयका अनुसार आइतबार बिहान उनी अदालत पुगेर तारेख बुझेका हुन् । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा छ ।
उनीविरुद्ध स्वर्णलक्ष्मीका ६९० जना बचतकर्ताले ९३ थान किटानी जाहेरी दिएका थिए । लामिछानेविरुद्ध ०८१ पुस २१ मा संगठित रुपमा सहकारीको रकम अपचलन गरेको मुद्दा काठमाडौं जिल्ला अदालतमा परेको थियो ।
गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको आरोप छ ।
रविलाई सरकारी वकिलले सो ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो माग दाबी गरेका थिए । लामिछाने अहिले थुना बाहिरै बसेर मुद्दा लडिरहेका छन् ।
रवि लामिछाने फागुन २१ को निर्वाचनमा चितवन-२ बाट निर्वाचित सांसद हुन् ।
प्रतिक्रिया 4