+
+
Shares

राससका कार्यकारी अध्यक्ष धमेन्द्र झाले दिए पदबाट राजीनामा

कार्यकारी अध्यक्ष झाले आफ्नो कार्यकालमा राससमा उल्लेख्य सुधारका काम पनि गरेका छन् । राससलाई आधुनिक प्रविधिमैत्री र उपयोगी सञ्चार एजेन्सी बनाउन उनको महत्त्वपूर्ण भूमिका छ ।  

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १६ गते १४:५७

१६ चैत, काठमाडौं । वरिष्ठ पत्रकार धमेन्द्र झाले राष्ट्रिय समाचार समिति(रासस)को कार्यकारी अध्यक्ष पदबाट राजीनामा दिएका छन् । कार्यकारी अध्यक्ष झाले आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनालाई आफ्नो राजीनामापत्र बुझाएका हुन् ।

राजीनामा पत्रमा नेपाल सरकारको निर्णयबमोजिम आफू राससको कार्यकारी अध्यक्ष पदमा नियुक्त भएको उल्लेख गर्दै झाले कार्यकालमा आफूले संस्थाको सवोत्तम हितमा काम गरेको बताएका छन् ।

‘म उक्त पदमा नियुक्त भएपछिका दिनमा मेरो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म पत्रकारिताको मूल्य-मान्यताको अनुशरण गर्दै राससको सर्वोत्तम हित प्रवर्द्धनका दिशामा कृयाशील रहँदै आएको छु,’ राजीनामा पत्रमा उनले भनेका छन् ।

यस्तै उनले देशको परिवर्तित राजनीतिक परिवेशलाई आत्मसात गरेको पनि बताएका छन् । ‘नवगठित सरकारले आफ्नो अनुकूलताका आधारमा कार्यसञ्चालन गर्नुपर्छ भन्ने मान्यता राख्छु र सरकारको सफलताको कामना गर्दछु,’ झाले राजीनामा पत्रमा लेखेका छन् । आफूले नैतिकताको दृष्टिले मार्ग प्रशस्त गर्नु उचित हुने ठानेर पदबाट राजीनामा गरेको बताएका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?