+
+
Shares

महान्यायाधिवक्ता कँडेल : पत्रकारिताको जग, कानुनको प्राज्ञिक उचाइ

उनको प्रारम्भिक पेशागत पृष्ठभूमि चाहिँ पत्रकारितासँग जोडिन्छ । २०४९ सालदेखि पूर्णकालिक पत्रकारिताबाट उनको पेशागत जीवन सुरु भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २२ गते २१:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले महान्यायाधिवक्ता पदमा डा. नारायणदत्त कँडेललाई नियुक्त गरेको छ।
  • डा. कँडेललाई मन्त्रिपरिषद्को आइतबारको बैठकले नियुक्तिका लागि सिफारिस गरेको थियो।
  • डा. कँडेलले बेलायतको क्विन्स युनिभर्सिटीबाट कानुनमा विद्यावारिधि गरेका छन्।

२२ चैत, काठमाडौं । सरकारको मुख्य कानुनी सल्लाहकारको भूमिकामा रहने महान्यायाधिवक्ता पदमा डा. नारायणदत्त कँडेल नियुक्त भएका छन् । बागलुङको बिहुँमा जन्मिएका डा. कडेललाई मन्त्रिपरिद्को आइतबारको बैठकले उनलाई नियुक्तिका लागि सिफारिस गरेको थियो । कँडेल बेलायतको क्विन्स युनिभर्सिटीबाट कानुनमै विद्यावारिधि गरेका व्यक्ति हुन् ।

तर उनको प्रारम्भिक पेशागत पृष्ठभूमि चाहिँ पत्रकारितासँग जोडिन्छ । २०४९ सालदेखि पूर्णकालिक पत्रकारिताबाट उनको पेशागत जीवन सुरु भएको हो ।

उनले करिब एक दशकभन्दा बढी समय रेडियो नेपाल, राजधानी दैनिक, राष्ट्रपुकार र नेपाल वाणी साप्ताहिक जस्ता सञ्चार माध्यममा समाचारदाताको रूपमा काम गरेका थिए ।

२०५८ देखि २०६० सम्म नेपाल पत्रकार महासंघ, धौलागिरी शाखाको सभापति बनेका थिए पत्रकारिता गर्दागर्दै उनको रुचि कानुन र न्यायको क्षेत्रतर्फ मोडियो ।

२०६० सालमा नेपाल बार काउन्सिलबाट अधिवक्ताको प्रमाणपत्र लिएसँगै उनले व्यावसायिक कानुनी यात्रा औपचारिक रूपमा थाले ।

कानुनी अभ्यासकै क्रममा उनी नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेपछि उच्च शिक्षाका लागि युरोपका विश्वविद्यालहरू गए । २००७ मा नेसनल युनिभर्सिटी अफ आयरल्याण्डबाट अन्तर्राष्ट्रिय शान्ति अध्ययन र २००९ मा बेलायतको अलस्टर युनिभर्सिटीबाट कानुनमा स्नातकोत्तर गरेर पछि बेलायतबाट विद्यावारिधी गरे ।

आफ्नो व्यावसायिक जीवनमा उनले अदालतमा बहस मात्र गरेनन् मानव अधिकार, अभिव्यक्ति स्वतन्त्रता र कानुनी शासनको वकालतमा फ्रिडम फोरम, एम्नेष्टी इन्टरनेसनल र मानव अधिकार तथा शान्ति समाज जस्ता संस्थाहरूसँग मिलेर पनि काम गरे ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?