+
+
Shares

अतिरिक्त शुल्क बिना फरक कम्पनीका ग्यास सिलिन्डर साट्ने व्यवस्था होस् : सांसद देवकोटा

उनले ग्यास पाए पनि कम्पनीहरूले अर्को कम्पनीको सिलिन्डर साटासाट गर्न नमानेको बताइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २५ गते १५:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेकी सांसद सम्झना देवकोटाले बजारमा ग्यास पाउन मुस्किल भएको र कम्पनीहरूले सिलिन्डर साटासाट गर्न नमानेको गुनासो गरिन्।
  • उनीहरूले ग्यास सिलिन्डर साट्दा पाँच सय रुपैयाँ शुल्क तिर्नुपर्ने हुँदा उपभोक्ता थप पीडित भएको बताइन्।
  • मध्यपूर्वको द्वन्द्वले पेट्रोलियम पदार्थ र ग्यासको मूल्य वृद्धिले नेपालमा महँगी बढेको र सर्वसाधारण प्रभावित भएको उनले सरकारसँग माग गरिन्।

२५ चैत, काठमाडौं । नेकपा एमालेकी सांसद सम्झना देवकोटाले बजारमा ग्यास पाउन नै मुस्किल बन्न थालेको बताएकी छन् ।

राष्ट्रिय सभाको बुधबार बसेको बैठकको विशेष समयमा उनले बजारमा धेरै ग्यास कम्पनीहरू भए पनि उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्न नसकेको गुनासो गरिन् ।

उनले ग्यास पाए पनि कम्पनीहरूले अर्को कम्पनीको सिलिन्डर साटासाट गर्न नमानेको बताइन् ।

केही साटे पनि अतिरिक्त पाँच सय रुपैयाँ शुल्क बुझाउनुपर्ने हुँदा उपभोक्ता थप पीडित भएको उनको भनाइ छ ।

ग्यास कम्पनीहरूबीच समन्वय गरी उपभोक्तालाई अतिरिक्त शुल्क बिना सहज रूपमा सिलिन्डर साट्न पाउने व्यवस्था मिलाउन उनले सरकारसँग माग गरिन् ।

मध्यपूर्वको द्वन्द्वले पेट्रोलियम पदार्थ र ग्यासको मूल्यमा भएको वृद्धिले नेपालमा महँगी चुलिएको बताइन् । दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढ्दा सर्वसाधारणको भान्सा प्रभावित भएको र न्यून तथा मध्यम आय भएका परिवार प्रत्यक्ष मारमा परेको उनको भनाइ छ ।

उनले भनिन्, ‘मध्येपूर्वमा भईरहेको युद्धको कारण त्यहाँ रहेका नेपालीहरुको जीवन असुरक्षाप्रति गम्भीर चिन्ता व्यक्त गर्दछु । त्यस क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षा सुनिश्चितताका लागि नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । सोही युद्धका कारण पेट्रोलियम पदार्थ र ग्यासको चरम मूल्य वृद्धिले दैनिक उपभोग्य सामग्रीमा महँगी बढेको कारणले नेपालीको चुल्हो निभ्न लागेको छ, म यसमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले अगाडि भनिन्, ‘बजारमा अहिले धेरै ग्यास कम्पनीहरू छन्, अहिले पनि ग्यास पाउनका लागि धेरै कष्ट भोग्नुपरेको छ । एउटा कम्पनीले अर्को कम्पनीको सिलिन्डर फेरबदल गर्न मान्दैन, गरिहाले भने पनि ५ सय रुपैयाँ तिरेर मात्रै ग्यास सिलिन्डर परिवर्तन गर्नुपर्छ । यो हेर्दा सामान्य विषय जस्तो लाग्न सक्छ, तर यो न्यून आय भएका र मध्यम वर्गका परिवारका लागि दैनिक जीवनको अप्ठ्यारो विषयमध्ये पर्छ । म यी कम्पनीहरूको ग्यासलाई साट्दाखेरी पैसा नलिने गरी फेर्न पाइने सहज अवस्था बनाउन नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?