+
+
Shares

मधेशसँगै सिंगो देश बनाउनुपर्ने छ : रामजी यादव

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते १४:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन्द्र शाहले रामजी यादव र गौरीकुमारी यादवलाई मन्त्री बनाउन सिफारिस गरेका छन्।
  • रामजी यादवले पार्टीले दिएको जिम्मेवारी पूरा गर्न लागिपर्ने र देश बनाउन भूमिका निर्वाह गर्ने बताए।
  • उनीहरूले मधेशसहित सिंगो राष्ट्र बनाउनुपर्ने र प्रधानमन्त्रीलाई पूर्ण समर्थन रहने बताए।

२७ चैत, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका रामजी यादवले मधेशसँगै सिंगो देश नै बनाउनुपर्ने जिम्मेवारीमा आफूहरू रहेको बताएका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले रामजीसहित गौरीकुमारी यादवलाई पनि मन्त्री बनाउन सिफारिस गरेका छन् ।

उनीहरूको नियुक्ति र शपथ आजै हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा यादवले पार्टीले दिएको जिम्मेवारी पूरा गर्न लागि पर्ने बताए ।

‘पार्टीले जिम्मेवारी दिएको छ । अब हामीले देश बनाउनका लागि जे जिम्मेवारी भूमिका निर्वाह गर्नुपर्नेछ, त्यो गर्नेछौं । हामी एउटा राम्रो सेट गर्छौं । काम कसरी हुन्छ भनेर डिफाइन पनि गर्छौं,’ उनले भने ।

साथै, मधेशसहित सिंगो राष्ट्र बनाउनका लागि आफूहरू लागिपर्ने र प्रधानमन्त्रीलाई समर्थन गर्ने उनले बताए ।

‘जहाँ चुनौती हुन्छ, त्यहाँ अवसर पनि हुन्छ । चुनौती र अवसर दुवै छ,’ उनले भने, ‘अब मधेशसँगै सिंगो देश नै बनाउनुपर्ने छ । प्रधानमन्त्रीलाई पूर्ण समर्थन रहनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?