+
+
Shares

जबरजस्ती करणीको आरोपमा सल्यानमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २९ गते १७:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सल्यानमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ३२ वर्षीय धन बहादुर थापालाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको छ।
  • नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार इलाका प्रहरी कार्यालय रागेचौरबाट खटिएको टोलीले उनलाई उजुरीको आधारमा पक्राउ गरेको हो।
  • प्रहरीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको छ।

२९ चैत, सल्यान । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सल्यानमा एक जना पक्राउ परेका छन् ।

कुमाख गाउँपालिका–५ झारकाँडा बस्ने ३२ वर्षीय धन बहादुर थापालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, धन बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रागेचौरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?