News Summary
Generated by OK AI. Editorially reviewed.- बस सेवाले नयाँ वर्ष लक्षित गर्दै २९ चैतदेखि १५ वैशाखसम्म अनलाइन टिकट बुकिङ क्याम्पेन सुरु गरेको छ।
- यस क्याम्पेनमा टिकट काट्ने यात्रुले माउन्टेन फ्लाइट, बन्जी जम्प, फ्री बस टिकट र क्यास ब्याक पाउनेछन्।
- बस सेवाले ७० भन्दा बढी जिल्लामा अनलाइनबाट बस र हवाइ टिकट उपलब्ध गराउँदै आएको छ।
३० चैत, काठमाडौं । बस तथा हवाइ उडान सेवाको अनललाइन टिकट बुकिङ प्लेटफर्म बस सेवाले नयाँ वर्षलाई लक्षित गर्दै क्याम्पेन सार्वजनिक गरेको छ ।
जसअन्तर्गत बस सेवा अनलाइनबाट टिकट काट्ने यात्रुले माउन्टेन फ्लाइट, बन्जी जम्प, फ्री बस टिकट र क्यास ब्याकसहितको सुविधा पाउने कम्पनीले जनाएको छ । २९ चैतदेखि सुरु यो १५ वैशाखसम्म जारी रहनेछ ।
यस अवधिमा बस सेवा अनलाइन प्लेटफर्ममार्फत बस तथा हवाई उडानको टिकट काट्नेमध्ये एक जनाले ‘माउन्टेन फ्लाइट’को अवसर पाउने बताइएको छ । बस सेवाले यति एयरलाइन्ससँगको सहकार्यमा आफ्ना ग्राहकलाई यो अवसर उपलब्ध गराएको जनाइएको छ ।
क्याम्पेनअन्तर्गत दुई जनाले पोखरामा बन्जीजम्प र दुई जनाले प्याराग्लाइडिङको अवसर पाउने छन् । यसअन्तर्गत पोखरा जाने, आउने बस टिकट समेत निःशुल्क उपलब्ध हुने भएको छ ।
यसमा ट्रिप टर्बोले बससेवासँग सहकार्य गरेको बससेवाका व्यापार प्रमुख डेनिसजंग थापाले बताए । थापाका अनुसार बस सेवामार्फत अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई वर्षैभरि फ्री टिकट, क्यासव्याक लगायत विभिन्न छुट उपलब्ध हुने कम्पनीको भनाइ छ । बस सेवाले ७० भन्दा बढी जिल्लामा अनलाइन प्लेटफर्ममार्फत बस तथा हवाइ टिकट उपलब्ध गराउँदै आएको छ ।
प्रतिक्रिया 4