News Summary
Generated by OK AI. Editorially reviewed.- गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषद् पुनर्गठन गरी नयाँ मन्त्रीहरूलाई शपथ गराएको छ।
- मुख्यमन्त्री सुरेन्द्र पाण्डेको नेतृत्वमा गोविन्दबहादुर नेपाली, नन्दप्रसाद न्यौपाने, जितबहादुर शेरचन लगायतले मन्त्री पदको शपथ लिएका छन्।
- नेपाली कांग्रेस र नेकपा एमालेबीचको भागबन्डा अनुसार मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो।
२ वैशाख, काठमाडौं । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ ।
नयाँ मन्त्रीहरूले शपथसमेत लिइसकेका छन् । मुख्यमन्त्री सुरेन्द्र पाण्डे नेतृत्वको सरकारमा गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री, नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री, जितबहादुर शेरचन आर्थिक मामिला मन्त्री, भीमबहादुर कार्की कृषि भूमि व्यवस्था सहकारी मन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटन मन्त्री, लक्ष्मणबहादुर पाण्डे स्वास्थ्य मन्त्री, नम्डु गुरुङ वन तथा वातावरण मन्त्री पदको शपथ लिएका हुन् ।
यहाँ नेपाली कांग्रेस र नेकपा एमालेबीच भागबन्डा गरेर मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4