News Summary
Generated by OK AI. Editorially reviewed.- बेइजिङस्थित नेपाली दूतावासले अन्तर्राष्ट्रिय वेलनेस दिवसको अवसरमा स्वस्थ जीवनशैली र मानसिक तथा शारीरिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न कार्यक्रम गरेको छ।
- कार्यवाहक राजदूत रोशन खनालले वेलनेस अभ्यासले रोग रोकथाम, स्वास्थ्य खर्च कमी र दिगो विकास लक्ष्य हासिल गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
- चीनको परराष्ट्र मन्त्रालयका प्रतिनिधि वाङ सिनले नेपाल र चीनबीच स्वास्थ्य, वेलनेस र पर्यावरणीय पर्यटनमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
७ वैशाख, काठमाडौं । बेइजिङस्थित नेपाली दूतावासले अन्तर्राष्ट्रिय वेलनेस दिवसको अवसर पारेर एक कार्यक्रम गरेको छ ।
स्वस्थ जीवनशैलीको प्रवर्द्धन, मानसिक तथा शारीरिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै सामूहिक कल्याणको भावना विकास गर्न कार्यक्रम गरिएको दूतावासले जनाएको छ ।
नेपालद्वारा प्रस्तावित प्रस्तावलाई संयुक्त राष्ट्रसंघको महासभाले अनुमोदन गरेपछि प्रत्येक वर्ष अप्रिल १५ लाई “अन्तर्राष्ट्रिय वेलनेस दिवस” का रूपमा विश्वभर मनाउन थालिएको छ ।
दूतावासमा आयोजित कार्यक्रमको उद्घाटन सत्रमा कार्यवाहक राजदूत रोशन खनालले स्वागत वेलनेसको अवधारणा आजको व्यस्त जीवनशैलीमा झन् महत्त्वपूर्ण बन्दै गएको उल्लेख गरिन् ।
उनले वेलनेसले व्यक्तिको जीवन मात्र होइन, सम्पूर्ण समाज र विश्व स्वास्थ्य प्रणालीमा सकारात्मक प्रभाव पार्ने बताइन् । साथै, उनले वेलनेस अभ्यासले रोगहरूको रोकथाम, स्वास्थ्य क्षेत्रमा खर्चको कमी तथा दिगो विकास लक्ष्य (क्म्न्क) हासिल गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरिन् ।
उनले नेपाल सरकारले घोषणा गरेको ‘नेपाल वेलनेस वर्ष २०२७’ को बारेमा जानकारी दिँदै नेपाललाई विश्वस्तरमा वेलनेस पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको स्पष्ट पारिन् ।
नेपालका हिमाल, प्राकृतिक स्रोत, परम्परागत ज्ञान, ध्यान–योग अभ्यास तथा सांस्कृतिक विविधता वेलनेस पर्यटनका लागि उपयुक्त आधार भएको खनालको भनाइ थियो ।
कार्यक्रमका चीनको परराष्ट्र मन्त्रालयका प्रतिनिधि वाङ सिनले नेपालको प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा समृद्ध सांस्कृतिक सम्पदाको प्रशंसा गरे ।
उनले नेपाल र चीनबीच स्वास्थ्य, वेलनेस र पर्यावरणीय पर्यटनका क्षेत्रमा सहकार्य विस्तार गर्ने सम्भावना प्रशस्त रहेको उल्लेख गर्दै दुबै देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरे । साथै, उनले ट्रान्स–हिमालयन वेलनेस पर्यटन करिडोर निर्माणको अवधारणाले क्षेत्रीय सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सहभागीहरूका लागि योग, प्राणायाम, ध्यान तथा सिङ्गिङ बाउल हिलिङ जस्ता वेलनेससम्बन्धी अभ्यासहरू सञ्चालन गरिएको थियो ।
प्रतिक्रिया 4