News Summary
Generated by OK AI. Editorially reviewed.- एम्नेस्टी इन्टरनेसनले सन् २०२५ मा विश्वव्यापी रूपमा अधिनायकवादी अभ्यासहरू तीव्र भएको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ।
- प्रतिवेदनले १४४ देशहरूमा मानवअधिकार उल्लंघन, जातीय र लैंगिक विभेद, हिंसा र दण्डहीनता भएको उल्लेख गरेको छ।
- एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले नरसंहार रोक्न अर्थपूर्ण कदम चाल्न र संयुक्त राष्ट्रसंघसँग सहकार्य गर्न सिफारिस सुनाउनुभएको छ।
८ वैशाख, काठमाडौं । एम्नेस्टी इन्टरनेसनलले सन् २०२५ मा अधिनायकवादी अभ्यासहरू विश्वव्यापी रूपमा तीव्र भएको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ ।
वार्षिक प्रतिवेदन ‘विश्वको मानवअधिकार अवस्था सन् २०२५/२६’ सार्वजनिक गर्दै एम्नेस्टीले भनेको छ, ‘अधिनायकवादी अभ्यासहरू विश्वव्यापी रूपमा तीव्र, विमतिको दमन, कानुनको दुर्व्यवहारपूर्ण कार्यान्वयन, विभेद, अन्याय, हिंसा र अधिकारमाथि बन्देजहरू भए । शरणार्थी र आप्रवासीहरूको अधिकार उल्लंघन भयो ।’
प्रतिवेदनअनुसार जातीय विभेद, लैंगिकतामा आधारित विभेद र हिंसा अधिकारमाथि बन्देजहरू शरणार्थी र आप्रवासीहरूको अधिकार उल्लंघन, जातीय विभेद, लैंगिकतामा आधारित विभेद र हिंसा भएका छन् ।
अन्तर्राष्ट्रिय कानुनअन्तर्गतका अपराधहरू व्यापक भएको, नरसंहार, मानवता विरुद्धको अपराध र युद्ध अपराधहरू, हतियारको गैरजिम्मेवारपूर्ण ओसारपसार र उत्पादन तथा दण्डहीनता पनि रहेको विश्वव्यापी विश्लेषण छ ।
प्रतिवेदनले १४४ देशहरूलाई समेट्दै सन् २०२५ मा विश्वमा देखिएका मानवअधिकारका प्रमुख प्रवृत्ति र विकासहरूको व्याख्या गरेको छ ।
एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले मानवअधिकार अवस्थाको विश्लेषणलगायत प्रतिवेदन सार्वजनिक गर्दै समस्या समाधानका सिफारिसहरु पनि सुनाएका छन् ।
यस अन्तर्गत नरसंहार रोक्नका लागि अर्थपूर्ण कदम चाल्नुपर्ने र अन्तर्राष्ट्रिय कानुनअन्तर्गतका सबै अपराधहरुलाई सम्बोधन गर्न तथा रोक्नका लागि संयुक्त राष्ट्रसंघ र अन्य निकायसँग सहकार्य गर्नुपर्ने भनिएको छ ।
नारिक अवज्ञाका शान्तिपूर्ण कार्य लगायतका विमतिलाई दमन गर्ने र अपराधीकरण गर्ने कार्य बन्द गर्न पनि एमनेष्टीले सुझाव दिएको छ ।
प्रतिक्रिया 4