+
+
Shares

बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ११ गते १९:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले रिक्त रहेको बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाएको छ।
  • सर्वोच्च अदालतले पूर्व अध्यक्ष शरद ओझालाई अयोग्य ठहर गरेपछि सिफारिस समिति गठन गरिएको हो।
  • सिफारिस समितिले तीन जनाको नाम सरकारलाई सिफारिस गर्नेछ र सरकारले एकलाई चार वर्षका लागि नियुक्त गर्नेछ।

११ वैशाख, काठमाडौं । सरकारले रिक्त रहेको बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाएको छ । समितिका पूर्व अध्यक्ष शरद ओझालाई सर्वोच्च अदालतले अयोग्य ठहर गरेपछि नयाँ नियुक्तिका लागि सरकारले सिफारिस समिति गठन गरेको हो ।

यही वैशाख ८ गतेको मन्त्रिपरिषद् बैठकले योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो । सिफारिस समितिको सदस्यमा अर्थसचिव डा. घनश्याम उपाध्याय रहेका छन् भने विज्ञ सदस्यको रुपमा डा. फत्तबहादुर केसी रहेका छन् । केसी बीमा प्राधिकरणका पूर्वअध्यक्ष समेत हुन् ।

प्राधिकरणका अध्यक्ष शरद ओझालाई अदालतले नै अयोग्य ठहर गरेपछि अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्ने सहसचिवले हाल नेतृत्व सम्हाल्दै आएको अवस्था छ ।

सिफारिस समितिले आवश्यक प्रकृया पूरा गरी सरकारलाई तीन जनाको नाम सिफारिस गर्नेछ । सरकारले तीनै मध्यबाट एकलाई समितिको कार्यकारी अध्यक्षमा ४ वर्षका लागि नियुक्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?