+
+
Shares

विराटनगर जुट मिल्सको जग्गा खाली गर्ने सूचनाको विरोधमा स्थानीय 

मिल्स प्रशासनका अनुसार उद्योगको स्वामित्वमा रहेको करिब १४ बिघा क्षेत्रफलमा अनधिकृत बसोबास छ । विशेषगरी मिल्सको दक्षिण गेट, हाटताली हाट र हरिनगरा भट्टा क्षेत्रमा करिब ६०० परिवारको बसोबास रहेको अनुमान गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १६ गते १६:४२

१६ वैशाखविराटनगर । विराटनगर जुट मिल्सको स्वामित्वमा रहेको जग्गा खाली गराउने सरकारको तयारीप्रति स्थानीयले विरोध जनाएका छन् । संघीय सरकारको नीतिअनुसार अनधिकृत बसोबास हटाउने प्रक्रिया अघि बढेपछि वर्षौंदेखि त्यहाँ बस्दै आएका परिवारहरू आक्रोशित भएका हुन् ।

बुधबार विराटनगरको हाटताली हाटमा भेला भएका स्थानीयले उचित विकल्प नदिई आफूहरूलाई हटाउन नमिल्ने बताए । उनीहरूले दशकौँदेखि बसोबास गर्दै आएको थातथलोबाट विस्थापित नगर्न सरकारसँग माग गरे ।

स्थानीय बासिन्दा रुस्तम अलीले वर्षौंदेखि बस्दै आएकालाई सरकारले वैकल्पिक व्यवस्था नगरी हटाउन नमिल्ने बताए । उनले भने‘बसोबास गर्दै आएको स्थान छेड्दैनौं ।’

मिल्स प्रशासनका अनुसार उद्योगको स्वामित्वमा रहेको करिब १४ बिघा क्षेत्रफलमा अनधिकृत बसोबास छ । विशेषगरी मिल्सको दक्षिण गेटहाटताली हाट र हरिनगरा भट्टा क्षेत्रमा करिब ६०० परिवारको बसोबास रहेको अनुमान गरिएको छ ।

बस्तीसँगै सडक किनारामा रहेका ३० वटा पसल र व्यावसायिक संरचनाहरू पनि हटाउने तयारी छ । विराटनगर जुट मिल्स सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कार्कीले सरकारी सम्पत्तिको संरक्षण गर्ने नीतिअनुसार नै यो कदम चालिएको बताए ।

१९९३ सालमा स्थापना भएको विराटनगर जुट मिल्स नेपालकै पहिलो आधुनिक उद्योग हो । यही उद्योगको स्थापनापछि मोरङ–सुनसरी औद्योगिक करिडोरको जग बसेको थियो । मुलुकभर औद्योगिकीकरणको लहर पनि यहीँ उद्योग स्थापनापछि सुरु भएको थियो ।

२००७ सालको प्रजातान्त्रिक आन्दोलनको सुरुवात पनि यही मिलबाट भएको थियो । तर राजनीतिक हस्तक्षेप र उचित व्यवस्थापनको अभावमा थला परेको यो मिल २०७० सालदेखि पूर्ण रूपमा बन्द छ ।

बुधबार रास्वपा सांसद तथा कोषाध्यक्ष लिमा अधिकारी जुट मिल्स परिसर पुगेकी थिइन् । उनीसँग स्थानीयले मिलको संरक्षण गरेर बसेकाहरूलाई हटाउन लागेको भन्दै विरोध गरे । मिलमा काम गर्ने मजदुरको परिवार वर्षौंदेखि बसोबास गरिरहेको भन्दै उनीहरूले मिल सञ्चालन गर्न माग गरे । तर वस्ती हटाउन नमिल्ने तर्क गरे ।

रास्वपा सांसद अधिकारीले भने बस्ती हटाउन नहुने कुरा सुनिरहिन् । कुनै प्रतिक्रिया दिइनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?