News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फिल्म ‘मालती मंगले’को प्रिमियर समारोहमा सहभागी भएका छन्।
- गायक रामकृष्ण ढकालले निर्माण गरेको फिल्म ‘मालती मंगले’ शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आउँदैछ।
- रवि लामिछानेले जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट बाहिरिने बेला रामकृष्णले पठाएको गाडी चढेको बताएका थिए।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फिल्म ‘मालती मंगले’को प्रिमियर समारोहमा सहभागी भएका छन् । गायक रामकृष्ण ढकालले निर्माण गरेको यो फिल्मको प्रिमियर लबिम हलमा भैरहेको छ ।
लामिछानेले अहिले फिल्म हेरिरहेका छन् । रवि र रामकृष्ण पुराना मिल्ने साथी हुन् ।
धेरैपछि रवि फिल्मको प्रिमियर समारोहमा सहभागी भएका हुन् । ढकालले निर्माण गरेको यो फिल्म शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आउँदैछ ।

रवि र रामकृष्णबीचको सम्बन्धको एक किस्सा अहिले चर्चामा छ । जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट बाहिरिने क्रममा रविले आफूले रामकृष्णले पठाएको गाडी चढेको बताएका थिए ।
उक्त कुरालाई लिएर अहिले रामकृष्ण सामाजिक संजालमा पनि घेरिएका छन् । उनै रामकृष्णले निर्माण गरेको फिल्म शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको हो ।
प्रतिक्रिया 4