+
+
Shares

अध्यादेश फिर्ता हुनुको कारण बुझ्दैछु, त्यसपछि मात्रै बोल्छु : रवि लामिछाने

सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफका क्रममा उनले भने, ‘केही न केही त कारण राख्नुभएको होला, म बुझेर मात्रै प्रतिक्रिया दिन्छु ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २० गते १८:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सभापति रवि लामिछानेले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता हुनुको कारणबारे आफूले बुझ्ने क्रममा रहेको प्रतिक्रिया दिएका छन्।
  • राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचारका लागि प्रधानमन्त्री कार्यालयमा अध्यादेश फिर्ता गरिदिएका छन्।
  • लामिछानेले अध्यादेशमा बहुमतको व्यवस्था व्याख्यासहित राखिएको बताए र बाँकी विषय बुझेर मात्र प्रतिक्रिया दिने बताएका छन्।

२० वैशाख, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता हुनुको कारणबारे आफूले बुझ्ने क्रममा रहेको प्रतिक्रिया दिएका छन् ।

आइतबार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिले बुझ्नै बाँकी रहेको बताए ।

आजै मात्र राष्ट्रपति रामचन्द्र  पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गरिदिएका थिए । उनले पुनर्विचार गर्नू भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अध्यादेश फिर्ता गरिदिएका हुन् ।

‘मैले बुझ्दैछु । बुझ्नुपर्ला । के भन्नुभएको छ । त्यसमा बुझौंला । बुझेपछि मात्रै भनौंला,’ यसबारे सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफका क्रममा उनले भने, ‘केही न केही त कारण राख्नुभएको होला, म बुझेर मात्रै प्रतिक्रिया दिन्छु ।’

उनले अध्यादेशमा राखिएको बहुमतको व्यवस्था व्याख्यासहित राखिएको पनि बताए । यद्यपि बाँकी विषय बुझेर मात्रै प्रतिक्रिया दिने सभापति लामिछानेको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?