News Summary
Generated by OK AI. Editorially reviewed.- अदालतले शोभा पाठकलाई माइतीघरमा आक्रमण गर्ने १० जनालाई धरौटीमा छाड्न आदेश दिएको छ।
- नेकपा एमालेका सचिव महेश बस्नेतकी श्रीमती अम्बिका भण्डारी र शर्मिला बस्नेतलाई जनही ५० हजार धरौटीमा छाड्न आदेश भएको छ।
- बाँकी ८ जनालाई जनही २५ हजार धरौटीमा छाड्न आदेश भएको छ र उनीहरुविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलाइएको छ।
२४ वैशाख, काठमाडौं । शोभा पाठकलाई माइतीघरमा आक्रमण गर्ने १० जनालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
आक्रमण गर्ने मुख्य व्यक्ति नेकपा एमालेका सचिव महेश बस्नेतकी श्रीमती अम्बिका भण्डारी (बस्नेत) र शर्मिला बस्नेतलाई जनही ५०/५० हजार धरौटीमा छाड्न आदेश भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार बाँकी ८ जनालाई भने जनही २५ हजार धरौटीमा छाड्न आदेश भएको छ ।
अम्बिका र शर्मिलाका साथै गीता पण्डित, प्रगति थापा, सोनु बराल, जानुका बस्नेत, रेखा न्यौपाने, सबिना केसी, कमला बस्नेत, नीता खत्रीविरुद्ध मुद्दा चलाइएको थियो ।
उनीहरुविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलाइएको थियो । माइतीघरमा धर्ना बसेकी शोभा पाठकमाथि यो समूहले आक्रमण गरेको थियो । पाठक भने सुधन गुरुङलाई गृहमन्त्री बनाउनुपर्ने माग राख्दै धर्ना बसेकी थिइन् ।
प्रतिक्रिया 4