News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री तथा मोडल शिल्पा मास्केले ट्याटु कलाकार प्रेमी फ्लावर केसीसँग मुस्ताङको कोवाङमा विवाह गरेकी छन्।
- शिल्पाले इन्स्टाग्राममा विवाहका आकर्षक फोटो सार्वजनिक गर्दै प्रकृतिको बीचमा विवाह गर्ने सपना पूरा भएको उल्लेख गरिन्।
- उनीहरूले परिवार र प्रियजनलाई टाढासम्म यात्रा गरेर खुसीमा सहभागी भएकोमा कृतज्ञता व्यक्त गरे।
काठमाडौं । अभिनेत्री तथा मोडल शिल्पा मास्केले विवाह गरेकी छन् । ट्याटु कलाकार समेत रहेका प्रेमी फ्लावर केसीसँग उनले मुस्ताङ पुगेर विवाह गरेकी हुन् ।
इन्स्टाग्रामबाट उनले विवाहका आकर्षक फोटो सार्वजनिक गरेकी छन् । मुस्ताङको हिमाल, जंगल र पहाडले घेरिएको कोवाङमा उनीहरूले विवाह गरेका हुन् ।
आफूहरूले सँधै प्रकृतिको बीचमा विवाह गर्ने कल्पना गर्दै आएको र त्यो सपना पूरा भएको उनले उल्लेख गरेकी छन् । ‘कहिल्यै कल्पना गरेको एउटा सपना आज हाम्रो जीवनकै सबैभन्दा सुन्दर सम्झनामध्ये एक बनेको छ’ उनले लेखेकी छन् ।

विवाहलाई लिएर प्रफुल्ल देखिएकी शिल्पा लेख्छिन् :
हामीले सधैं प्रकृतिको बीचमा विवाह गर्ने कल्पना गरेका थियौं, अनि कुनै जादुजस्तै मुस्ताङले हाम्रो त्यो सपना पूरा गरिदियो । हरेक क्षण सपनाजस्तै महसुस भयो । ती हिमाल, ती प्रार्थना, त्यो माया, त्यो शान्ति… सबै कुरा शब्दभन्दा पनि सुन्दर थियो ।
हाम्रा लागि यति टाढासम्म यात्रा गरेर हाम्रो खुसीमा सहभागी हुने परिवार र प्रियजनप्रति हामी सधैं कृतज्ञ रहनेछौं । हरेक अँगालो, हरेक मुस्कान र हरेक आशीर्वादमा हामीले माया महसुस गर्यौं ।’





प्रतिक्रिया 4