+
+
Shares

जुम्ल्याहा सन्तानलाई जन्म दिँदै इन्दिरा जोशी, ‘बेबी बम्प’ फोटोमा आकर्षक

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३१ गते १४:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायिका इन्दिरा जोशीले सामाजिक सञ्जालमा जुम्ल्याहा सन्तानको प्रतीक्षामा आफ्नो बेबी बम्प फोटोसुटका तस्वीरहरू सार्वजनिक गरेकी छन्।
  • उनले गर्भावस्था चुनौतीपूर्ण भए पनि अब तेस्रो त्रैमासिक सहज र सुन्दर भइरहेको उल्लेख गरिन्।
  • इन्दिराले महिलाले आफ्ना अनुभव खुला रूपमा साझा गर्नुपर्ने आवश्यकता औंल्याउँदै प्रसूति पछिको समय कस्तो होला भन्ने उत्सुकता व्यक्त गरिन्।

काठमाडौं । गायिका इन्दिरा जोशीले सामाजिक सञ्जालमा आफ्नो बेबी बम्प फोटोसुटका आकर्षक तस्वीर सार्वजनिक गरेकी छन् । जुम्ल्याहा सन्तानको प्रतीक्षामा रहेकी उनले गर्भावस्थाको अनुभव खुलाउँदै लामो भावुक टिप्पणी पनि लेखेकी छन् ।

इन्दिराले गर्भावस्था आफूले सोचेभन्दा धेरै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै लेखेकी छन्, ‘अहिलेसम्म जुम्ल्याहा बच्चासँगको यात्रामा मैले जे अनुभव गरें, त्यसपछि अब म आफूलाई ‘यदि यो गर्न सक्छु भने जे पनि गर्न सक्छु’ भन्ने महसुस गरिरहेकी छु ।”

उनले अघिल्ला पुस्ताका महिलाहरूले यस्ता कठिनाइबारे धेरै नबोलेको भन्दै महिलाले आफ्ना अनुभव खुला रूपमा साझा गर्नुपर्ने आवश्यकता पनि औंल्याएकी छन् ।

उनले अहिले गर्भावस्थाको तेस्रो त्रैमासिक चरण आफूका लागि सहज र सुन्दर बनिरहेको बताएकी छन् । ‘अब कम्तीमा राम्रोसँग खान र यो सुन्दर समयको आनन्द लिन सकिरहेकी छु,’ उनले लेखेकी छन् ।

परिवार र साथीहरूको साथ, राम्रो खानपिन, भेटघाट, बच्चाको आगमनको तयारी र किनमेलमा रमाइरहेको पनि उनले उल्लेख गरेकी छन् । पोस्टको अन्त्यमा उनले प्रसूति पछिको समय कस्तो होला भन्ने उत्सुकता व्यक्त गर्दै मजाकमा ‘गर्भावस्थाले मलाई लामो क्याप्सन लेख्न पनि सिकायो जस्तो छ’ भनेर प्रशंसकसँग सुझावसमेत मागेकी छन् ।

इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग सन् २०२३ मा विवाह गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?