+
+
Shares

प्रेस काउन्सिल, सार्वजनिक सेवा प्रसारण संस्था र गोरखापत्र संस्थानमा विज्ञापन खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ७ गते ७:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सूचना तथा सञ्चार मन्त्रालयले प्रेस काउन्सिल, सार्वजनिक सेवा प्रसारण संस्थाका अध्यक्ष र गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ।
  • दरखास्त दिने म्याद १८ जेठसम्म तोकिएको छ र विस्तृत जानकारी मन्त्रालयको वेबसाइटमा उपलब्ध छ।
  • बालेन नेतृत्वको सरकारले राजनीतिक नियुक्तिहरु खारेज गरी नयाँ नियुक्ति प्रक्रिया अघि बढाउन विज्ञापन खुलाएको हो।

७ जेठ, काठमाडौं । प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रसारण संस्थाका अध्यक्ष तथा गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि विज्ञापन आह्वान भएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयले आज दरखास्त आह्वान गरेको हो । दरखास्त दिने म्याद यही जेठ १८ गतेसम्म छ ।

२१ फागुनको प्रतिनिधि सभा निर्वाचनपछि बनेको बालेन नेतृत्वको सरकारले विगतको सरकारका पालामा भएका राजनीतिक नियुक्तिहरु खारेज गरेपछि नयाँ नियुक्ति प्रक्रिया अघि बढाउन विज्ञापन खुलाइएको हो ।

दरखास्त पेश गर्ने उम्मेदवारका लागि दरखास्त फारम, दरखास्त साथ संलग्न गर्नुपर्ने योग्यता, आवश्यक कागजात लगायतको विस्तृत जानकारी सूचना तथा सञ्चार मन्त्रालयको वेबसाइटमा रहेको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?