News Summary
Generated by OK AI. Editorially reviewed.- श्रम संस्कृति पार्टीका सांसद पूर्णबहादुर लिम्बूले ब्रिटिश गोरखा सैनिक र उनीहरूका सन्तानको नेपाली नागरिकताको निरन्तरता गर्न माग गर्नुभएको छ।
- सांसद लिम्बूले संविधान संशोधनको क्रममा धारा १४ मा उपधारा थप गरी गोर्खा सैनिक र सन्तानको नागरिकता कायम राख्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
- उहाँले भूपू सैनिकहरूको समान पेन्सन र सेवा सुविधाका लागि प्रभावकारी कुटनीतिक पहल गर्न आग्रह गर्नुभएको छ।
७ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद पूर्णबहादुर लिम्बूले ब्रिटिश गोरखा सैनिक र उनीहरूका सन्तानको नेपाली नागरिकताको निरन्तरता गराउन माग गरेका छन् ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद लिम्बूले विगत दुई दशकदेखि ब्रिटिश गोरखा सैनिक र उनीहरूका सन्ततीले नेपाली नागरिकताको निरन्तरताका लागि अभियान सञ्चालन गरिरहेको स्मरण गराए ।
सरकारले संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन लागेको सन्दर्भमा संविधानको धारा १४ मा आवश्यक उपधारा थप गरी गोर्खा सैनिक र उनीहरूका सन्तानको वंशजको नागरिकता कायम राख्ने व्यवस्था मिलाउन उनले सरकारको ध्यानाकर्षण गराए ।
‘ब्रिटिश गोरखा सैनिक र उनीहरूका सन्तानको नैसर्गिक अधिकारलाई संविधानमा सुनिश्चित गर्न म सरकारसमक्ष जोडदार माग गर्दछु,’ लिम्बूले भने ।
सांसद लिम्बूले वर्षौंदेखि समान पेन्सन र अन्य सेवा सुविधाको माग गर्दै आन्दोलनरत भूपू सैनिकहरूको समस्या समाधानका लागि प्रभावकारी कुटनीतिक पहल गर्न समेत आग्रह गरे ।
प्रतिक्रिया 4