News Summary
Generated by OK AI. Editorially reviewed.- सत्तारुढ रास्वपा सांसद इन्दिरा रानामगरले राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी छिन्।
- उनले बाल अधिकार संरक्षण र बालबालिकाको हक अधिकार जस्ता संवेदनशील विषयलाई मध्यनजर गर्दै निर्णय कार्यान्वयन नगर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु भनिन्।
- सांसद रानाले सरोकारवालासँग परामर्श गरी पुनर्विचार गर्न र बालबालिकालाई सबैभन्दा निमुखा वर्ग भनेकी छिन्।
७ जेठ, काठमाडौं । सत्तारुढ रास्वपा सांसद इन्दिरा रानामगरले राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी छिन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले अघिल्लो सरकारले सो निर्णय गरेको भन्ने सुनिन आएको भन्दै सांसद रानाले त्यसमा सरकारले पुनर्विचार गर्न आवश्यक रहेको बताइन् ।
‘राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने अघिल्लो सरकारको निर्णय भन्ने सुनिन आएको छ । बाल अधिकार संरक्षण, बालबालिकाको हक अधिकार जस्ता संवेदनशील विषयलाई मध्यनजर गर्दै कुनैपनि स्पष्ट वैकल्पिक संरचना तथा प्रभावकारी व्यवस्था सुनिश्चिन नभएसम्म उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भनिन् ।
उनले बालबालिकाको हक, हित र संरक्षणका लागि वैकल्पिक व्यवस्था समेत नगरी सरकारले उक्त परिषद खारेज गरेको भन्दै आक्रोश समेत व्यक्त गरिन् ।
‘साथै यस विषयमा सरोकारवालाहरुसँग व्यापक परामर्श गरी पुनर्विचारका लागि सरकारसँग आग्रह गर्दछु । मेरो भाषामा बालबालिका सबैभन्दा निमुखा वर्ग हो । एउटा गरिब मान्छेलाई म निमुखा भन्दिन । जो निर्दोष, कमजोर छ । उनीहरुलाई निमुखा भन्नुपर्छ भनेर पनि म आग्रह गर्दछु,’ उनले भनिन् ।
प्रतिक्रिया 4