+
+
Shares

समाज कल्याण परिषद् र बाल अधिकार परिषद्लाई पुनर्संरचना गर्छौं : मन्त्री वादी

मन्त्री वादीले आफूले कार्यभार सम्हालेपछि मन्त्रालयसँग सम्बन्धित नीतिगत र संरचनात्मक पुन:संरचना गर्न थालिएको बताएकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ८ गते १८:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले समाज कल्याण परिषद् र राष्ट्रिय बाल कल्याण परिषद्लाई पुनःसंरचना गरिने बताउनुभयो।
  • मन्त्री वादीले मन्त्रालयसँग सम्बन्धित नीतिगत र संरचनात्मक पुनःसंरचना थालिएको र स्रोत र साधनले भ्याएसम्म अधिकतम परिणाम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
  • मन्त्रालयले सामाजिक ऐनमार्फत संघ–संस्थाको व्यवस्थापन, लैङ्गिक समानता, बालबालिका र अपाङ्गता अधिकारसम्बन्धी कानुन पुनरावलोकन गर्ने योजना बनाएको छ।

८ जेठ, काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले समाज कल्याण परिषद् र राष्ट्रिय बाल कल्याण परिषद्लाई पुन:संरचना गरिने बताएकी छन् ।

प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिको शुक्रबारको बैठकमा मन्त्री वादीले आफूले कार्यभार सम्हालेपछि मन्त्रालयसँग सम्बन्धित नीतिगत र संरचनात्मक पुन:संरचना गर्न थालिएको बताएकी हुन् ।

 उनले स्रोत र साधनले भ्याएसम्म मन्त्रालयको कार्यक्षेत्रमा रहेका विषयमा अधिकतम परिणाम आउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । सामाजिक ऐनमार्फत संघ–संस्थाको व्यवस्थापन, लैङ्गिक समानतासम्बन्धी ऐन तर्जुमा, बालबालिका र अपाङ्गता अधिकारसम्बन्धी कानुनको पुनरावलोकन गर्ने योजना रहेको पनि जानकारी गराइन् ।

‘हाम्रो संविधानले सबै नागरिक कानुनको दृष्टिमा समान हुने र कसैलाई कानुनको समान संरक्षणवाट वञ्चित नगरिने व्यवस्था गरेको छ’, उनले भनिन्, ‘संविधानले दिएको मौलिक हक तथा अन्तररााष्ट्रिय मानवअधिकारसम्बन्धी कानुनको पालनाका लागि हामी लाग्नेछौँ ।’

कुनै पनि प्रकारका विभेद, बहिष्करण, हिंसा वा घृणाजन्य व्यवहार स्वीकार्य नहुने पनि उनले बताइन् ।

मन्त्रालयका सचिव राधिका अर्यालले चालु आर्थिक वर्षमा मन्त्रालयको  एक अर्ब ६२ करोड रुपैयाँ बजेट रहेकामा आगामी आर्थिक वर्षका लागि दुई अर्ब आठ करोड बजेट सीमा (सिलिङ) रहेको जानकारी दिइन् । –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?