+
+
Shares

आमाको जन्मदिनमा सुमनले ल्याए सांगीतिक कोसेली

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ९ गते २०:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म निर्देशक सुमन दाहालले आमाप्रतिको प्रेम अभिव्यक्त गर्न 'आमा' शीर्षकको मर्मस्पर्शी म्युजिक भिडियो तयार पारेका छन्।
  • गीतका शब्द सुमन दाहालले लेखेका हुन् भने प्रमोद खरेल र समीक्षा अधिकारीले स्वर दिएका छन्।
  • म्युजिक भिडियोमा तुलसीदेवी दाहाल, मन्दिरा दाहाल, भुवन लोहानी लगायतले अभिनय गरेका छन्।

काठमाडौं । आमाको माया संसारकै सबैभन्दा निस्वार्थ र पवित्र सम्बन्ध हो । उनै आमाप्रतिको श्रद्धा, प्रेम र कृतज्ञतालाई संगीत र दृश्यको माध्यमबाट जीवन्त बनाउने प्रयास गरेका छन् फिल्म निर्देशक सुमन दाहालले ।

अमेरिकामा बसोबास गर्दै आएका दाहालले आमाको जन्मदिनलाई औपचारिक शुभकामनामा मात्र सीमित राखेनन्, बरु आफ्नै सिर्जना, आफ्नै भावना र आफ्नै परिवारलाई समेटेर एउटा अविस्मरणीय उपहार तयार पारे- ‘आमा’ शीर्षकको मर्मस्पर्शी म्युजिक भिडियो ।

यो कुनै सामान्य म्युजिक भिडियो मात्र नभएर एउटा छोराको हृदयभित्र लुकेको आमाप्रतिको अथाह प्रेमको अभिव्यक्ति हो । परदेशमा रहेर पनि आमाको अनुहार, उनको माया, संघर्ष र त्यागलाई हरेक दिन सम्झिरहने छोराले आफ्नो भावनालाई शब्द, संगीत र दृश्यमार्फत यति सुन्दर ढंगले प्रस्तुत गरेका छन् ।

आमाको भूमिकामा तुलसीदेवी दाहाल देखिएकी छन् भने जेठी छोरीको भूमिकामा मन्दिरा दाहाल, जेठो छोराको भूमिकामा भुवन लोहानी, कान्छी छोरीको भूमिकामा गरिमा पाण्डे र कान्छो छोराको भूमिकामा सम्राट दाहालले अभिनय गरेका छन् ।

युवा आमाको भूमिकामा सुजिता सिटौला देखिएकी छन् भने बालकलाकार समीर दाहाल, साया भण्डारी, सावन लोहानी, अर्भी सुवेदी र अश्वत खनालले कथालाई अझै मर्मस्पर्शी तुल्याएका छन् ।

गीतका शब्द स्वयं सुमन दाहालले लेखेका हुन् । उनले निर्देशनमा पनि भावनालाई प्राथमिकता दिएका छन् । दृश्य संयोजन, कथाको प्रवाह र भावनात्मक उतारचढावले दर्शकलाई अन्तिम दृश्यसम्म बाँधेर राख्छ ।

गीतमा प्रमोद खरेल र समीक्षा अधिकारीको स्वर समावेश छ । वसन्त सापकोटाले संगीत दिएका हुन् । संगीत संयोजन राजु कार्कीले गरेका छन् भने रेकर्डिस्ट ज्ञानेन्द्र गिरी र मिक्सिङ/मास्टरिङ प्रकाश केसीले गीतलाई स्तरीय बनाएका छन् ।

गीत ड्रिम्स स्टुडियोमा रेकर्ड गरिएको हो । भिडियो सम्पादन भूपेन्द्र अधिकारीले गरेका छन् भने छायांकन राजु केसीको छ । रङ संयोजन रेनिस फागोले गरेका छन् । मेकअप सिर्जा अधिकारीले गरेकी हुन् भने पोस्टर डिजाइन नहाकुल खड्काले गरेका छन् । म्युजिक भिडियोको पोस्ट-प्रोडक्सन किन्डल सिने स्टुडियोमा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?