+
+
Shares

हिन्दू स्वयंसेवक संघ, नेपाद्वारा ‘संघ शिक्षा वर्ग–२०८३’ उद्घाटन, १५ दिनसम्म चल्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ९ गते १७:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेको धुलिखेलमा हिन्दू स्वयंसेवक संघ नेपालले राष्ट्रियस्तरको ‘संघ शिक्षा वर्ग–२०८३’ सञ्चालन गरेको छ।
  • ‘संघ शिक्षा वर्ग’ १५ दिनसम्म चल्नेछ र प्रशिक्षार्थीहरूलाई योग, सूर्य नमस्कार, व्यायाम र आत्मरक्षाको कला सिकाइन्छ।
  • बागमती प्रदेशका सामाजिक विकासमन्त्री कञ्चनकुमार बादे उद्घाटन सत्रका मुख्य अतिथि थिए र विभिन्न जिल्लाबाट प्रशिक्षार्थीहरू सहभागी छन्।

९ जेठ, काठमाडौं । काभ्रेको धुलिखेलमा हिन्दू स्वयंसेवक संघ नेपालले राष्ट्रियस्तरको ‘संघ शिक्षा वर्ग–२०८३’ सञ्चालन गरेको छ ।

उक्त कार्यक्रमको उद्घाटन सत्र धुलिखेलको माकाजु समाज कल्याण संघमा भएको थियो ।

‘संघ शिक्षा वर्ग’ कार्यक्रम १५ दिनसम्म चल्नेछ भने प्रशिक्षार्थीहरूलाई शारीरिक रूपमा सक्षम बनाउन दैनिक योग, सूर्य नमस्कार, व्यायाम र आत्मरक्षाको कला (नियुद्ध) लगायत सिकाइन्छ ।

शारीरिक प्रशिक्षण अन्तर्गत खेलका माध्यमबाट स्वयंसेवकहरूमा आपसी आत्मीयता, सहकार्य र सामाजिक समरसताको प्रत्यक्ष अनुभूति गराइन्छ, जसले जातजाति र क्षेत्रका कृत्रिम पर्खालहरू भत्काएर सबैलाई एउटै सूत्रमा बाँध्न मद्दत गर्ने विश्वास लिइएको छ ।

स्वयंसेवकहरूको सर्वाङ्गीण विकासका लागि सञ्चालित अत्यन्तै व्यवस्थित र कडा अनुशासनयुक्त आवासीय प्रशिक्षण रहेको संघले जनाएको छ ।

उद्घाटन समारोहमा बागमती प्रदेशका सामाजिक विकासमन्त्री कञ्चनकुमार बादे मुख्य अतिथि थिए भने हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय संचालक कल्याण कुमार तिमिल्सिना लगायत सहभागी थिए ।

सनातन धर्मका अगुवा, नागरिक समाजका प्रतिनिधि, संघका वरिष्ठ पदाधिकारी तथा विभिन्न विधाका प्रतिष्ठित व्यक्तित्वहरूको उद्घाटन सत्रमा सहभागीता थियो ।

आवासीय प्रशिक्षण वर्गमा भाग लिन नेपालका विभिन्न जिल्लाहरूबाट स्वंयसेवक प्रशिक्षार्थीहरू धुलिखेल पुगेका छन् ।

प्रशिक्षार्थी राष्ट्रिय चेतना र वैचारिक स्पष्टता ल्याउन धर्म, सनातन संस्कृति, गौरवशाली इतिहास, महापुरुषहरूको जीवनी तथा वर्तमान समसामयिक विषयहरूमा गहन बौद्धिक परिचर्चा र प्रवचनहरू गराइने संघले जनाएको छ ।

सञ्चालनमा आएको यो प्रशिक्षणसहितको ‘संघ शिक्षा वर्ग’ ले देशप्रेमको भावना जागृत गराउँदै राष्ट्र र समाजको उन्नतिका लागि समर्पित, अनुशासित र दक्ष नागरिक निर्माण गर्ने उद्देश्य राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?