News Summary
Generated by OK AI. Editorially reviewed.- पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पश्चिम एसियामा शान्ति स्थापना प्रयासका लागि बधाई दिएका छन् ।
- सरिफले सामाजिक सञ्जाल एक्समा ट्रम्पले साउदी अरब, कतार, टर्की, इजिप्ट, यूएई, जोर्डन र पाकिस्तानका नेतासँग फलदायी कुराकानी गरेको उल्लेख गरेका छन् ।
- पाकिस्तानले शान्ति प्रयास जारी राख्ने र चाँडै अर्को बैठक आयोजना गर्ने विश्वास व्यक्त गरिएको छ।
१० जेठ, काठमाडौं । पश्चिम एसियामा जारी तनावका बीच पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शान्ति स्थापना गर्ने प्रयासका लागि बधाई दिएका छन्।
उनले पाकिस्तानले छिट्टै यस विषयमा अर्को बैठकको आयोजना गर्ने विश्वाससमेत व्यक्त गरेका छन्।
प्रधानमन्त्री सरिफले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति स्थापनाका लागि गरेको प्रयासप्रति म उहाँलाई बधाई दिन्छु। उहाँले आज बिहान साउदी अरब, कतार, टर्की, इजिप्ट, यूएई, जोर्डन र पाकिस्तानका नेताहरूसँग टेलिफोनमा फलदायी कुराकानी गर्नुभयो।’
पाकिस्तानी प्रधानमन्त्रीका अनुसार सो कुराकानीमा पाकिस्तानको तर्फबाट फिल्ड मार्सल असिम मुनिर सहभागी थिए। सरिफले यस प्रक्रियामा मुनिरले गरेको निरन्तर मेहनतको प्रशंसासमेत गरेका छन्।
‘यी छलफलहरूले वर्तमान क्षेत्रीय अवस्थाबारे विचार साझा गर्न र शान्ति स्थापनाका प्रयासहरूलाई अगाडि बढाउन राम्रो अवसर प्रदान गरेका छन्,’ उनले अगाडि लेखेका छन्, ‘पाकिस्तानले पूर्ण इमानदारीका साथ आफ्नो शान्ति प्रयास जारी राख्नेछ र हामीलाई आशा छ कि निकै चाँडै हामी अर्को बैठकको आतिथ्यता गर्नेछौँ।’
पाकिस्तानका फिल्ड मार्सल असिम मुनिर शुक्रबार इरानको राजधानी तेहरान पुगेका थिए। त्यहाँ उनले इरानका विदेशमन्त्री अब्बास अराघचीसँग भेटवार्ता गरेका थिए।
प्रतिक्रिया 4