+
+
Shares

सुनको भाउ तोलामा २ हजार ८ सय घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १० गते ११:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको भाउ प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ तोकेको छ।
  • सुनको भाउ अघिल्लो दिनको तुलनामा तोलामा २ हजार ८ सय रुपैयाँ घटेको छ।
  • चाँदीको भाउ पनि १०५ रुपैयाँ घटेर प्रतितोला ५ हजार १० रुपैयाँ कायम भएको छ।

१० जेठ, काठमाडौं । आइतबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ अघिल्लो दिनको तुलनामा तोलामा २ हजार ८ सय रुपैयाँ र चाँदी १०५ रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । गत आइतबार प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज चाँदी १०५ रुपैयाँ घटेसँगै प्रतितोला ५ हजार १० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ५ हजार ११५ रुपैयाँमा कारोबार भएको थियो । गत आइतबार ५ हजार ६० रुपैयाँमा चाँदी कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?