News Summary
Generated by OK AI. Editorially reviewed.- कञ्चनपुरको भीमदत्त नगरपालिका–४ स्थित ग्रान्ड प्यासिफिक होटलका सञ्चालक गोविन्द चन्दमाथि शनिबार राति ९ बजेतिर आक्रमण भएको छ।
- आक्रमणबाट घाइते भएका चन्द उपचारपछि डिस्चार्ज भएका छन् र घटना सीसीटीभी फुटेज सामाजिक सञ्जालमा भाइरल बनेको छ।
- घटनामा संलग्न ५/६ जनाको समूह अहिलेसम्म पक्राउ परेका छैनन् र प्रहरीले पक्राउपछि मात्र कारण खुल्ने बताएको छ।
१० जेठ, काठमाडौं । कञ्चनपुरका एक होटल सञ्चालकमाथि आक्रमण भएको छ ।
भीमदत्त नगरपालिका–४ महेन्द्रनरमा रहेको ग्रान्ड प्यासिफिक होटलका सञ्चालक गोविन्द चन्दमाथि आक्रमण भएको हो । कञ्चनपुर प्रहरीका प्रवक्ता वीरेन्द्र थापाका अनुसार घटना शनिबार राति ९ बजेतिरको हो ।
आक्रमणबाट घाइते भएका चन्द उपचारपछि अहिले डिस्चार्ज भएका छन् । होटलमा बसिरहेका बेला ५/६ जनाको समूहमा आएका व्यक्तिहरूले चन्दमाथि आक्रमण गरेको देखिन्छ । उक्त घटनाको सीसीटीभी फुटेज अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
घटनामा संलग्नहरू भने अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । उनीहरू पक्राउ परेपछि मात्रै घटनाको कारण खुल्ने प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4