+
+
Shares

मतदाता नामावलीसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १७ गते १६:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ ।
  • कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले विधेयकमा विदेशमा रहेका नागरिकलाई समेत मताधिकारको व्यवस्था गरिएको बताइन् ।
  • पारित विधेयकमा मतदाताले कसैलाई पनि मत दिन्नँ भन्न पाउने ‘नो भोट’ को व्यवस्था समेत गरिएको छ ।

१७ जेठ, काठमाडौं । मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित भएको छ ।

सभाको आइतबार बसेको बैठकले प्रतिनिधि सभाबाट आएको सन्देशसहित मतदाता नामावली (पहिलो संशोधन) विधेयकलाई बहुमतले पारित गरेको हो ।

विधेयकमाथिको दफावार छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय, संसदीय मामिलामन्त्री सोबिता गौतमले मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा २ को २ मा भएको व्यवस्था संशोधनका विधेयक ल्याइएको बताइन् ।

उक्त विधेयकमा विदेशमा रहेका नागरिकलाई समेत मताधिकार दिने व्यवस्था गरिएको मन्त्री गौतमले बताइन् ।

साथै उक्त विधेयकमा दिन्नँ ‘नो भोट’को व्यवस्था गरिएको समेत मन्त्री गौतमको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?