+
+
Shares

मेदान्त आयुर्वेद अस्पतालको ब्रान्ड एम्बास्डरमा रेखा थापा

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १७ गते १६:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री रेखा थापा मेदान्त आयुर्वेद अस्पतालको ब्रान्ड एम्बास्डरमा एक वर्षका लागि नियुक्त भएकी छन् ।
  • शनिबार आयोजित कार्यक्रममा अभिनेत्री थापा र अस्पतालका सञ्चालक डाक्टर सुवर्ण पौडेलले समझदारीपत्रमा हस्ताक्षर गरे ।
  • विपन्न वर्गलाई राहत पुर्‍याउने उद्देश्यले मेदान्त अस्पतालले हाल १०० रुपैयाँमै ओपिडी सेवा उपलब्ध गराउँदै आएको छ ।

१७ जेठ, काठमाडौं ।  अभिनेत्री रेखा थापा मेदान्त आयुर्वेद अस्पतालको ब्रान्ड एम्बास्डर नियुक्त भएकी छन्। अस्पताल र थापाबीच एक वर्षका लागि व्यावसायिक सम्झौता भएको हो।

शनिबार सम्पन्न कार्यक्रममा अभिनेत्री थापा र अस्पतालका सञ्चालक डाक्टर सुवर्ण पौडेलले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए। सम्झौताअनुसार आगामी एक वर्षसम्म थापाले अस्पतालका प्रचार–प्रसार, प्रवर्द्धनात्मक गतिविधि तथा स्वास्थ्य सचेतना अभियानहरूमा सक्रिय भूमिका निर्वाह गर्नेछिन्।

सम्झौतापछि प्रतिक्रिया दिँदै थापाले मेदान्त आयुर्वेद अस्पतालले नागरिकलाई प्रदान गर्दै आएको सेवा र उपचार पद्धति प्रभावकारी र प्रशंसनीय रहेको बताइन्। परम्परागत तथा प्राकृतिक चिकित्सा पद्धतिलाई सर्वसुलभ रूपमा जनतामाझ पुर्‍याउने उद्देश्यसँग जोडिन पाउनु आफ्ना लागि गर्वको विषय भएको उनको भनाइ थियो। उनले आयुर्वेदिक स्वास्थ्य क्षेत्रको प्रवर्द्धनमा पूर्ण समर्पणका साथ काम गर्ने प्रतिबद्धता समेत जनाइन्।

अस्पतालका सञ्चालक डाक्टर सुवर्ण पौडेलका अनुसार, मेदान्त आयुर्वेद अस्पतालले लामो समयदेखि सर्वसाधारणलाई सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। अस्पतालले हाल एक सय रुपैयाँमै ओपिडी सेवा उपलब्ध गराउँदै आएको र यसबाट विशेषगरी विपन्न वर्गलाई राहत पुगेको उनले बताए।

उनले लोकप्रिय अभिनेत्री थापा जस्तो व्यक्तित्वसँगको सहकार्यले अस्पतालको सेवा र विश्वसनीयता आम नागरिकमाझ अझ व्यापक रूपमा फैलिने विश्वास व्यक्त गरे। साथै, यस सहकार्यले अस्पतालको ब्रान्ड मूल्य अभिवृद्धि गर्नुका साथै बढीभन्दा बढी बिरामीलाई आयुर्वेदिक उपचारतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?