+
+
Shares

सिटिजन्स बैंकका ग्राहकलाई मेदान्ताका थप ६ अस्पतालमा १५ प्रतिशतसम्म छुट

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १५ गते ११:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिटिजन्स बैंक इन्टरनेसनलले स्तन तथा प्रोस्टेट क्यान्सर सम्बन्धी चेतनामूलक कार्यक्रम आयोजना गरेको छ।
  • स्तन क्यान्सरबारे वेबिनारमा ५१३ महिला कर्मचारीले सहभागिता जनाएका थिए।
  • प्रोस्टेट क्यान्सरबारे वेबिनारमा ५०९ पुरुष कर्मचारीले सहभागिता जनाएका थिए।

१५ फागुन, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतस्थित मेदान्त द मेडिसिटी अस्पतालबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा पुन: हस्ताक्षर भएको छ ।

यसअघि प्रदान गरिएको छुट सुविधा केवल मेदान्ता, गुडगाँवमा मात्र लागु हुँदै आएकोमा अब नयाँ सम्झौतापछि उक्त छुट सुविधा मेदान्ताका थप ६ अस्पताल मेदान्ता नोएडा, मेदान्ता सुपर स्पेसलिटी अस्पताल, लखनऊ, जयप्रभा मेदान्ता सुपर स्पेसलिटी अस्पताल पटना, मेदान्ता सुपर स्पेसलिटी अस्पताल इन्दौर, मेदान्ता अब्दुर रज्जाक अन्सारी मेमोरियल विभर्स अस्पताल राँची र मेदान्ता अस्पताल राँची तथा ५ मेडिक्लिनिकबाट समेत उपलब्ध हुने भएको छ ।

समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले हस्ताक्षर गरेका छन् । हाल बैंकका ग्राहकले यस सहकार्यबाट भारतमा स्वास्थ्य उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिन सकेका छन् र आगामी दिनमा पनि थप लाभान्वित गर्न बैंकले सहकार्यलाई पुन: निरन्तरता दिन सफल भएको जनाएको छ ।

यस सहकार्यको निरन्तरताले सिटिजन्स बैंक र मेदान्त द मेडिसिटी हस्पिटलबीचको सम्बन्ध अझ सशक्त भएको तथा भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकलाई उपचार क्रममा थप सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ ।

विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर’ २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल बैंकले यसअघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।

हालै बैंकले नवयुवा लक्षित बचत खाता ‘सिटिजन्स जेनजी सेभिङ एकाउन्ट’ र ‘सिटिजन्स डीजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्ल्याटफर्म सञ्चालनमा ल्याएको छ । फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेभिङ्ज एकाउन्ट’ नामक नयाँ बचत खाता सुरु गरेको छ भने नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा लगायत क्रस बैंक टेलर सुविधा पनि दिइरहेको छ ।

सिटिजन्स बैंकले ६१ जिल्लामा फैलिएका आफ्ना २ सय शाखा, १ सय ६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित इकाइबाट १९ लाख ७६ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?