+

फिफा विश्वकप २०२६ को भव्य उद्‍घाटन

२०८३ जेठ  २९ गते ०:५१ २०८३ जेठ २९ गते ०:५१
फिफा विश्वकप २०२६ को भव्य उद्‍घाटन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मेक्सिकोको एस्टेका रंगशालामा आयोजित विशेष समारोहबीच फिफा विश्वकप २०२६ को औपचारिक उद्घाटन गरिएको छ ।
  • उद्घाटन समारोहलगत्तै सोही रंगशालामा सहआयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीच विश्वकपको पहिलो खेल शुरू भएको छ ।
  • उद्घाटन कार्यक्रममा मेक्सिकन संस्कृति झल्किने प्रस्तुतिसँगै शाकिरा, बर्ना ब्वाय र जे बाल्भिन लगायतका अन्तर्राष्ट्रिय कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका छन् ।

२९ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ को उद्घाटन भएको छ । मेक्सिकोको एस्टेका रंगशालामा विभिन्न सांगीतिक प्रस्तुतीसहित विश्वकपको उद्घाटन गरिएको हो ।

सोही रंगशालामामा सहआयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीचको खेल सुरु भएको छ । उद्घाटन समारोहमा मेक्सिकन संस्कृति, परम्परा र कलालाई विश्वसामु प्रस्तुत गरिएको थियो ।

यस्तै आदिवासी कलाकारहरुको प्रस्तुति, लोकनृत्य तथा सांस्कृतिक कार्यक्रमसँगै संगीत क्षेत्रका अन्तर्राष्ट्रिय तथा ल्याटिन अमेरिकी स्टारहरुले पनि प्रस्तुत दिए ।

समारोहमा शाकिरा, बर्ना ब्वाय, जे बाल्भिन, टाइला, अलेजान्द्रो फर्नान्डेज, बेलिन्डा, ड्यानी ओसन, लिला डाउन्स, लस एन्जेल्स अजुलेस र मानाजस्ता कलाकारहरुले प्रस्तुती दिएका हुन् ।

फिफा विश्वकप फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय