+
+
Shares

गुल्मीदरबार गाउँपालिकाको बजेट ५५ करोड ५६ लाख

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १० गते १६:२४

१० असार, गुल्मी । गुल्मीदरबार गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ५५ करोड ५६ लाख ४४ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।

गाउँपालिकाको १९औं गाउँसभामा उपाध्यक्ष तारा थापा ढेगाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेकी हुन् ।

प्रस्तुत बजेटअनुसार चालुतर्फ ३६ करोड ११ लाख ६८ हजार रुपैयाँ तथा पूँजीगततर्फ १९ करोड ४४ लाख ७६ हजार रुपैयाँ विनियोजन गरिएको छ।

गाउँपालिकाले आगामी वर्षका लागि कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार, रोजगार प्रवर्द्धन तथा सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट ल्याएको उपाध्यक्ष ढेगाले बताइन् ।

गाउँसभामा बजेटसँगै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?