+
+
Shares

आत्मदाह गरेका गणेश नेपालीको आर्यघाटमा अन्त्येष्टि (तस्वीरहरू)

आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको अन्त्येष्टि गरिएको छ ।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ असार २९ गते १७:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुगुका २५ वर्षीय गणेश नेपालीको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
  • राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका नेपालीको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएको थियो।
  • पीडित पक्ष र सरकारबीच आइतबार नौ बुँदे सहमति भएपछि मात्र शवको अन्तिम संस्कार गरिएको हो।

२९ असार, काठमाडौं । आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको अन्त्येष्टि गरिएको छ ।

उपचारको क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएका नेपालीको सोमबार आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

नेपालीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । सो क्रममा गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीर अस्पतालमा पुर्‍याइएको थियो ।

पीडित पक्ष र सरकारबीच आइतबार ९ बुँदे सहमति भएसँगै नेपालीको शवलाई अन्तिम संस्कारका लागि आर्यघाट लगिएको हो ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?