+
+
Shares

विदेशी मुद्रा सञ्चिति साढे ३७ खर्ब पुग्यो, ११ महिनामै ४० प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २९ गते १९:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुलुकको विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च बिन्दुमा पुगेर ३७ खर्ब ५५ अर्ब रुपैयाँ कायम भएको छ।
  • नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार ११ महिनाको अवधिमा सञ्चिति रकम ४०.३ प्रतिशतले बढेको हो।
  • हालको सञ्चितिले १९.१ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले उल्लेख गरेको छ।

२९ असार, काठमाडौं । मुलुकमा विदेशी मुद्रा सञ्चिति रकम ३७ खर्ब ५५ अर्ब रुपैयाँ बराबर पुगेको छ । यो सञ्चिति रकम हालसम्मकै उच्च हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको जेठ मसान्तसम्मको वित्तीय विवरणअनुसार यस्तो सञ्चिति रकम ११ महिनामै ४०.३ प्रतिशत बढेको हो । गत वर्षको असार मसान्तसम्म विदेशी मुद्रा सञ्चिति रकम २६ खर्ब ७७ अर्ब रुपैयाँ बराबर थियो ।

अमेरिकी डलरमा भने सोही अवधिमा यस्तो सञ्चिति रकम २६.५ प्रतिशतले बढेको छ । जेठ मसान्तसम्म अमेरिकी डलरमा करिब २४ अर्ब ६८ करोड डलर बराबर सञ्चिति मुद्रा छ ।

सो सञ्चिति रकममध्ये राष्ट्र बैंकमा ३३ खर्ब ३० अर्ब र बैंक तथा वित्तीय संस्थामा ४ खर्ब २५ अर्ब रुपैयाँ बराबर छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार हालको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको सञ्चितिले २२.५ महिनाको वस्तु आयात र १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?