+
+
Shares

वित्त नीतिको सपोर्टविना कर्जा बढाउँदा सम्पत्ति मात्र बढ्छ : गभर्नर

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३२ गते १८:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले मौद्रिक नीतिले मात्र कर्जा विस्तार गर्दा सम्पत्तिको मूल्यमा वृद्धि हुने बताएका छन्।
  • गभर्नर पौडेलले वित्त नीतिको निश्चित आधारमा मात्र मौद्रिक नीति मार्फत कर्जा लगानी विस्तार गर्नु प्रभावकारी हुने उल्लेख गर्नुभयो।
  • गभर्नर पौडेलले 'मौद्रिक नीतिको म्यान्डेट आर्थिक स्थायित्व हो' भन्दै मूल्य वृद्धि नियन्त्रणका लागि प्रयास भइरहेको बताउनुभयो।

३२ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले मौद्रिक नीति मार्फत कर्जा विस्तार गरेर तरलता व्यवस्थापन गर्न खोजेको खण्डमा सम्पत्ति मूल्य मात्रै बढ्ने बताएका छन् । गभर्नर पौडेलले वित्त नीतिका आधारमा कर्जा लगानी विस्तार गर्नेगरी मौद्रिक नीति आउँदा व्यवस्थापनमा सहज हुने बताए ।

मौद्रिक नीतिहरू बारेमा छलफल नगरी सेयर बजार, तथा घरजग्गाको विषयमा कुरा हुन नहुने उनले बताए । बिहीबार पूर्व योजना मञ्च नेपालको कार्यक्रममा बोल्दै गभर्नर पौडेलले बजेट र मौद्रिक नीतिमा धेरै भिन्नता रहेको बताए । ‘मौद्रिक नीतिको म्यान्डेट आर्थिक स्थायित्व हो,’ पौडेलले भने, ‘मूल्य वृद्धि अन्तर्राष्ट्रिय कारणले हुने भएकाले ठ्याक्कै नियन्त्रण गर्छौं भन्ने हुँदैन, प्रयास गर्ने हो ।’

आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा गरिएको संरचनागत परिवर्तनले सेयर बजारमा म्यानुपुलेसनको भाष्य पनि चिरिएको उनको दावी छ ।

मौद्रिक नीतिको मुख्य लक्ष्य नीतिगत दरहरूमा केन्द्रित हुनु रहेको उनको बुझाइ छ । त्यसैगरी मौद्रिक नीतिले तरलता व्यवस्थापनमा पनि काम गर्ने उनले बताए । तर, तरलता व्यवस्थापनका धेरै विषय वित्त नीतिमा भर पर्नुपर्ने उनले बताए ।

‘मौद्रिक नीतिले कर्जा मात्रै सहजीकरण गर्दा सम्पत्तिको मूल्यमा मात्रै वृद्धि हुन्छ,’ उनले भने, ‘वित्त नीतिले निश्चित आधारहरू दिएपछि मौद्रिक नीति मार्फत पैसा हाल्नुस् डुब्दैन भनेर भन्ने हो ।’ अहिले वित्तीय प्रणालीमा पर्याप्त तरलता छ । त्यसलाई कसरी प्रयोग गर्ने र देश निर्माणमा परिचालन गर्ने भन्ने काम वित्त नीतिको रहेको उनको बुझाइ छ ।

मौद्रिक नीतिलाई तीन टुक्रा बनाएर ल्याइएको उनले बताए । सो अनुसार वर्तमान आर्थिक समीक्षा, मौद्रिक नीतिको समीक्षा र मौद्रिक नीति गरी विभाजन गरिएको उनले बताए । मौद्रिक नीतिले विशेष गरी स्थायित्वमा जोड दिने भएकाले सोही अनुसार ल्याएको उनको भनाइ छ । वित्तीय क्षेत्रका सुधार कार्यक्रममा निरन्तरता भइरहने उनले बताए । साथै वित्तीय क्षेत्रका निक्षेपकर्ताको पैसा हालसम्म पनि नहराएको र आगामी दिन पनि नहराउने प्रतिवद्धता उनले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?