+
+
Shares

सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समिति सदस्यमा उर्वशी र शोभिता मनोनीत

रासस रासस
२०८३ असार ३२ गते १९:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सूचना तथा सञ्चारमन्त्रीस्तरको निर्णयबाट सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिमा उर्वशी बस्न्यात र शोभिता रिसाल मनोनीत भएका छन् ।
  • अध्यक्ष पद रिक्त रहेको अवस्थामा मन्त्रालयले उर्वशी बस्न्यातलाई बैठकको अध्यक्षता गर्ने जिम्मेवारी तोकेको छ ।
  • सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले संस्थालाई निष्पक्ष, उत्तरदायी र जनहितमुखी ढङ्गले काम गर्दै विगतको गौरवशाली इतिहासलाई थप प्रभावकारी बनाउन निर्देशन दिए ।

३२ असार, काठमाडौं । सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिमा दुई सदस्य मनोनीत भएका छन् । सूचना तथा सञ्चारमन्त्रीस्तरको आजको निर्णयअनुसार सञ्चालक समिति सदस्यमा उर्वशी बस्न्यात र शोभिता रिसाल मनोनीत भएका हुन् ।

सार्वजनिक सेवा प्रसारण ऐन, २०८१ मा सञ्चालक समितिको अध्यक्ष पद रिक्त रहेको अवस्थामा मन्त्रालयले तोकेको सञ्चालक समिति सदस्यले बैठकको अध्यक्षता गर्न सक्ने व्यवस्था छ । सोही व्यवस्थाबमोजिम अध्यक्ष नियुक्ति नभएसम्मका लागि सञ्चालक समिति सदस्य उर्वशी बस्न्यातलाई बैठकको अध्यक्षता गर्ने जिम्मेवारी तोकिएको छ ।

सदस्यद्वयलाई मनोनयनपत्र प्रदान गर्ने कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपालको सञ्चार क्षेत्रको विकासमा रेडियो नेपाल र नेपाल टेलिभिजनले ऐतिहासिक तथा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै सार्वजनिक सेवा प्रसारण संस्थाले ती संस्थाहरूको गौरवपूर्ण इतिहासलाई थप प्रभावकारी ढङ्गले अघि बढाउनुपर्ने बताए ।

साथै उनले संविधान, प्रचलित ऐन तथा कानूनले दिएको जिम्मेवारीअनुसार निष्पक्ष, उत्तरदायी र जनहितमुखी ढङ्गले काम गर्न संस्थाको सञ्चालक समितिलाई निर्देशन दिए ।

राज्यका संस्थाहरूले आफ्नो संवैधानिक तथा कानुनी दायित्व इमान्दारीपूर्वक निर्वाह गर्न सके मात्र राज्य प्रणाली थप सुदृढ बन्ने उनको भनाइ थियो ।

सञ्चारमन्त्री तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण संस्थाका पदाधिकारीलाई देश र नागरिकको हितलाई केन्द्रमा राखेर निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न निर्देशन दिँदै विगतमा गौरवशाली इतिहास बोकेका सञ्चार संस्थाहरू अहिले विभिन्न कारणले कमजोर अवस्थामा पुगेको बताए ।

ती संस्थाहरूलाई पुनः सक्षम, विश्वसनीय र प्रभावकारी बनाउन आवश्यक सुधारका कार्यक्रम तत्काल अघि बढाउनसमेत उनले निर्देशन दिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?