News Summary
Generated by OK AI. Editorially reviewed.- सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वअर्थमन्त्री विष्णु पौडेलसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
- विभागले पौडेलमाथि २० करोड ९० लाख रुपैंया सम्पत्ति शुद्धीकरण गरेको आरोप लगाउँदै बैंक खाताको ६ लाख ३४ हजार रुपैंया जफत गर्न माग गरेको छ ।
- यो मुद्दामा ६ जना व्यक्ति र १० वटा कम्पनीलाई मतियारको भूमिकामा संलग्न रहेको आरोप लगाइएको छ ।
३२ असार, काठमाडौं । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वअर्थमन्त्री एवं एमालेका उपाध्यक्ष विष्णु पौडेललगायत १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
विशेष अदालतले जारी गरेको सूचना अनुसार, पौडेलमाथि २० करोड ९० लाख रुपैंया सम्पत्ति शुद्धीकरण गरेको आरोप छ । विभागले पौडेलको बैंक खातामा भएको ६ लाख ३४ हजार रुपैंया जफत गर्न समेत मागदाबी गरेको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेल सहित ६ जना व्यक्ति र १० वटा कम्पनीहरुलाई मुद्दा चलाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4