+
+
Shares

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १६ गते १०:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वअर्थमन्त्री विष्णु पौडेललाई गैरकानूनी रूपमा थुनामा राखेको भन्दै दायर बन्दीप्रत्यक्षीकरण निवेदनमा सर्वोच्च अदालतले मङ्गलबार सुनुवाइ गर्दैछ।
  • न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको इजलासले पौडेलको मुद्दामाथि सुनुवाइ गर्ने भएको छ।
  • सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पदको दुरुपयोग गरी अवैध सम्पत्ति आर्जन गरेको आरोपमा पौडेललाई गत साता पक्राउ गरेको थियो।

१६ असार, काठमाडौं । एमाले नेता एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई गैरकानूनी रुपमा थुनामा राखिएको दाबीसहित परेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

न्यायाधीशहरु टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासले निवेदनमाथि सुनुवाइ गर्नेछ ।

विशेष अदालतले पौडेललाई थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमती दिएपछि सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन परेको थियो ।

पदमा हुँदखा गैरकानूनी रुपमा लाभ लिएको र अपराधबाट सम्पत्ति जोडेको आरोपमा अनुसन्धानका लागि भन्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पौडेललाई गतसाता पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?