+
+
Shares

विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप

सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका पूर्वउपप्रधानमन्त्री समेत रहेका पौडेललाई आज म्याद थपका लागि सम्पत्ति शुद्धीकरण विभागले विशेष अदालतमा पेस गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १५ गते १७:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई अदालतले तीन दिनको म्याद थप गरेको छ।
  • सम्पत्ति शुद्धीकरण विभागले आज पूर्वउपप्रधानमन्त्री पौडेललाई म्याद थपका लागि विशेष अदालतमा पेस गरेको थियो।
  • न्यायाधीशहरूको इजलासले पौडेललाई न्यायिक हिरासतमा राख्न आदेश दिएको छ।

१५ असार, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध ३ दिनको म्याद थप भएको छ ।

सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका पूर्वउपप्रधानमन्त्री समेत रहेका पौडेललाई आज म्याद थपका लागि सम्पत्ति शुद्धीकरण विभागले विशेष अदालतमा पेस गरेको थियो ।

न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले म्याद थपको अनुमति दिएको हो । उनलाई आदेश बमोजिम न्यायिक हिरासतमा राख्न पठाइएको छ ।

पौडेल असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए ।

उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?