+
+
Shares

एमालेले सरकारसँग खोज्यो विष्णु पौडेल पक्राउको कारण

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १४ गते ११:४९

१४ असार, काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउको कारण खोजेको छ । एमाले सांसद पुष्पराज कँडेलले पार्टीका तर्फबाट यो विषय संसद्‍मै उठाएका छन् ।

सरकारले सम्पत्ति  शुद्धीकरणको अनुसन्धानका क्रममा पौडेललाई पक्राउ गरेको छ । एमाले सांसद कँडेलले विगतमा केपी शर्मा अ‍ोली माथि लगाइएको आरोपको अर्को रुप भएको बताए ।

आफूहरूले उच्च ओहोदाका मानिसहरूलाई पनि समातेको भन्ने देखाउन, सम्पूर्ण विपक्षीहरूलाई तर्साउने र एमालेलाई बदनाम गराउने उदेश्यबाट प्रेरित रहेको पनि उनले बताए ।

‘विष्णु पौडेल बेकसुर हुनुहुन्छ र उहाँमथि प्रतिसोध साँधिएको छ’, कँडेलले भने ।

सरकारले करका दरको सूचना चुहाएर गलत काम गरिरहेको तर दोष अरुमथि लगथाउने व्यवहारमा रहेको भन्दै पौडेलको रिहा हुनुपर्ने माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?