१८ असार, काठमाडौं । सर्वोच्च अदालतले पूर्वअर्थमन्त्री विष्णु पौडेललाई गैरकानुनी हिरासतमा राखिएको भन्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको छ ।
पौडेलकी पत्नी दोमाया पौडेलले सम्पत्ति शुद्दीकरणको अनुसन्धानमा थुनामा राखेर अनुसन्धान गर्ने अनुमति दिने विशेष अदालतको निर्णयविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।
उक्त रिटमा न्यायाधीशहरू विनोद शर्मा र नित्यानन्द पाण्डेको बिहीबारको इजलासले रिट खारेज गर्ने निर्णय गरेको हो । विशेष अदालतले बिहीबार नै पनि पौडेललाई थप ६ दिन हिरासतमा राख्नेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागलाई अनुमति दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4