+
+
Shares

‘नेपहपको श्रीपेच’ सिजन ३ का उत्कृष्ट १० फाइनलिस्ट छनोट

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १ गते १४:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिपहप रियालिटी शो ‘नेपहपको श्रीपेच’ सिजन ३ का लागि उत्कृष्ट १० जना फाइनलिस्ट र्‍यापर छनोट भएका छन्।
  • पोखरा, बुटवल, इटहरी, काठमाडौँ र सिलिगुडीमा भएको अडिसनमार्फत कालु म्यानसहित १० जना र्‍यापर अघिल्लो चरणमा प्रवेश गरेका हुन्।
  • शोको विजेताले १० लाख रुपैयाँ नगद, विश्व भ्रमणको अवसर तथा ब्रान्ड इन्डोर्समेन्ट प्राप्त गर्ने आयोजकले जनाएको छ।

काठमाडौं । हिपहप रियालिटी शो ‘नेपहपको श्रीपेच’ सिजन ३ का उत्कृष्ट १० जना फाइनलिस्ट र्‍यापरहरू छनोट भएका छन् ।

जसमा कालु म्यान, योङ्ग लायन, शब्दकार, के एक्स, हप्पु, सीपी किङ, विट्टी, इतिश, गुडबोई र ज्याज्जी छन् ।

पोखरा, बुटवल, इटहरी, काठमाडौँ र भारतको सिलिगुडीमा आयोजित प्रारम्भिक अडिसनपछि आयोजित फिजिकल अडिसनबाट ती र्‍याप गायकहरू छनोट गरिएको प्रेषित विवरणमा उल्लेख छ ।

सबै प्रतिस्पर्धीले भिन्न शैली, दमदार फ्लो, सिर्जनात्मक लेखन र प्रभावशाली स्टेज प्रस्तुतिमार्फत निर्णायक र दर्शकको मन जितेको जनाइएको छ । आगामी एपिसोडमा उनीहरूबीचको प्रतिस्पर्धामा पेचिलो हुने अनुमान छ ।

रेड बुलको प्रस्तुतिमा निर्माण भइरहेको शोको सिजन ३ ले नेपाली हिपहप क्षेत्रमा नयाँ प्रतिभालाई राष्ट्रिय मञ्च प्रदान गर्दै आएको छ । ‘नेपहपको श्रीपेच’ सिजन ३ हरेक मङ्गलवार र बुधवार एपीवान टेलिभिजन तथा ओएसआर रियालिटीमार्फत प्रसारण हुँदै आएको छ ।

विजेताले १० लाख रुपैयाँ नगद, विश्व भ्रमणको अवसर तथा ब्रान्ड इन्डोर्समेन्ट प्राप्त गर्ने जनाइएको छ । उपविजेताले ५ लाख रुपैयाँ नगदसहि विदेशमा प्रस्तुतिको अवसर प्राप्त गर्नेछन् ।

दामी मिडियाले निर्माण गरिरहेको रहेको शोमा भ्योमा, मानस घले, यू एन्ड बी र योद्धा निर्णायकको रुपमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?