+
+
Shares

असई भुजेल बने असार महिनाको उत्कृष्ट प्रहरी

अपराध अनुसन्धान कार्यालयले उनलाई ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गर्दैै पुरस्कृत गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३ गते १२:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरी सहायक निरीक्षक विक्रम भुजेललाई असार महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको छ ।
  • सूचना संकलन र जटिल अपराध अनुसन्धानमा दक्ष भुजेलले गुण्डागर्दी नियन्त्रण तथा फरार प्रतिवादी पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
  • कार्यालयले कर्तव्यनिष्ठ र परिणाममुखी काम गरेको भन्दै उनलाई ‘बेस्ट पुलिस अफ द मन्थ’ पुरस्कार प्रदान गरेको छ ।

३ साउन, काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, काठमाडौंमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) विक्रम भुजेल असार महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।

अपराध अनुसन्धान कार्यालयले उनलाई ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गर्दैै पुरस्कृत गरेको हो । भुजेल अपराध अनुसन्धानमा दक्ष, कर्तव्यनिष्ठ र परिणाममुखी काम गरेको बताइएको छ ।

विशेषगरी सूचना संकलनदेखि जटिल घटनाको अनुसन्धानसम्म खटिई उत्कृष्ट काम गरेको बताइएको छ ।

काठमाडौं उपत्यकामा हुने गुण्डागर्दी नियन्त्रण, फरार प्रतिवादी पक्राउ, कर्तव्य ज्यान, चोरी, डाँका लगायतका विभिन्न गम्भीर अपराधका घटनाको सफल अनुसन्धान गर्नुका साथै कारागारबाट फरार रहेका प्रतिवादीहरू पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको अपराध अनुसन्धान कार्यालयले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?