+
+
Shares

रास्वपा सांसद् पारसमणिलाई ‘चिठ्ठामा परेको माननीय’ भन्दै नागरिकले गरे प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ९ गते १६:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पारसमणि गेलालले विगतमा दिएको विवादास्पद अभिव्यक्तिका कारण सर्वसाधारणबाट कडा प्रश्नको सामना गर्नुभएको छ ।
  • सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा केही युवाले सांसद गेलाललाई 'चिठ्ठामा परेको माननीय' भन्दै उनको कार्यशैली र भ्यूजका लागि गरिने राजनीतिका बारेमा प्रश्न गरेका छन् ।
  • उदयपुरबाट निर्वाचित सांसद गेलालले यसअघि मेयरको सरुवा गर्ने अभिव्यक्ति दिएपछि चौतर्फी आलोचना खेप्नुपरेको थियो जसको उनले पछि स्पष्टीकरणसमेत दिएका थिए ।

९ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद् पारसमणि गेलाललाई नागरिकहरूले प्रश्न गरेका छन् । उनका विगतका कतिपय विवादित अभिव्यक्ति समेतलाई पृष्ठभूभिमा राखेर ‘चिठ्ठामा परेको माननीय’ भन्दै नागरिकले पश्न गरेका हुन् ।

सामाजिक सञ्जालमा ‘मेयरको सरुवा गर्ने अभिव्यक्ति दिने माननीयलाई जनताले प्रश्न गरेको’ भन्दै भिडियो भाइरल छ ।

उक्त भिडियोमा एक युवकले भन्छन्, ‘चिठ्ठामा परेको माननीय हो तपाईं । । चाउचाउको कुपनमा परेको हो ।’

सांसद गेलाल हाँस्छन् मात्रै । अर्का युवक ‘तपाईं भ्युजका लागि कुद्नुभएको हो । हामीलाई भ्युजका लागि भन्ने ?’ भनेर प्रश्न गर्छ ।

सांसद गेलाल जवाफ दिन्छन्, ‘भ्युजकै लागि हो भाई तिमी ।’ अनि अर्का एक व्यक्तिलाई अर्कोतिर लिएर गेलाल जान्छन् ।

गेलाल उदयपुरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्छन् । गत असार तेस्रो सातामा गेलालले मेयर सरुवा गर्ने भनेको भिडियो भाइरल भएको थियो ।

त्यसमा उनले स्थायी कर्मचारी वा अधिकृतहरू बिग्रिए भने उनीहरूलाई एक ठाउँबाट अर्को ठाउँमा सरुवा गरेर सुधार्न सकिने भन्दै काम नगर्ने मेयरलाई पनि सुधार्ने एउटै उपाय सरुवा गर्ने रहेको बताएका थिए ।

पछि प्रष्टीकरण दिँदै उनले आफ्नो अभिव्यक्तिको आशय तोडमोड भएको बताएका थिए ।

गेलाल व्यावसायिक जीवनबाट राजनीतिमा जोडिएका हुन् । व्यावसायिक रूपमा विद्युतीय सवारी साधन र अटोमोबाइल क्षेत्रको विस्तारमा गेलालको भूमिका छ ।

स्नातकोत्तरसम्म औपचारिक शिक्षा अध्ययन गरेका गेलाल शिक्षा र सामाजिक चेतनासँगै निजी क्षेत्रको व्यावसायिक नेतृत्वमा आफ्नो पहिचान बनाउन सफल व्यक्ति मानिन्छन् ।

तर, राजनीतिमा आएसँगै विभिन्न उनी बोलीकै कारणले चर्चामा छन् । असल शासन अभियानमार्फत कोशी प्रदेशमा सुशासनको पक्षमा काम गरेको अनुभव रहेका गेलालले केही समय पत्रकारितासमेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?