+
+
Shares

तारकेश्वरमा कारभित्र जलेको अवस्थामा भेटियो महिलाको शव

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ९ गते १७:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको तारकेश्वर नगरपालिकामा एक कारभित्र ४१ वर्षीया रश्मी रिजाल मृत अवस्थामा फेला परेकी छिन् ।
  • जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी दिलिप घिमिरेले शव जलेको अवस्थामा भेटिएको पुष्टि गरेका छन् ।
  • प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ र शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

९ साउन, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिकै राखिएको कारभित्र एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार ती महिलाको शव जलेको अवस्थामा भेटिएको हो ।

तारकेश्वर नगरपालिका–९ बस्ने ४१ वर्षीया रश्मी रिजाल मृत अवस्थामा भेटिएको एसएसपी घिमिरेले बताए । शनिबार दिउँसो उनी कारको पछाडिपट्टिको सिटमा जलेको अवस्थामा भेटिएकी थिइन् ।

घटनाबारे अहिले प्रहरीले थप अनुसन्धान अघि बढाएको एसएसपी घिमिरेले बताए ।

शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?