News Summary
Generated by OK AI. Editorially reviewed.- ‘भ्वाइस किड्स’ को पाँचौं सिजनको उपाधि सुवासना खड्काले जितेकी छन्।
- विजेता खड्काले उपाधिसँगै नगद १० लाख रुपैयाँसहित अन्य पुरस्कार प्राप्त गरेकी छन्।
- हिमालय टिभीबाट प्रसारित उक्त सांगीतिक प्रतिस्पर्धाको ग्रान्ड फिनालेमा आठ जना फाइनलिस्टबीच कडा प्रतिस्पर्धा भएको थियो।
काठमाडौं । बालबालिकाको सांगीतिक प्रतिस्पर्धा सम्बन्धी टेलिभिजन शो ‘भ्वाइस किड्स’ को ग्रान्ड फिनाले शनिबार राति सम्पन्न भएको छ । पाँचौं सिजनको उपाधि सुवासना खड्काले जितेकी छन् ।
उपाधिका लागि ८ जनाले प्रतिस्पर्धा गरेका थिए । फिनाले कार्यक्रम रमाइलो देखियो जहाँ फाइनलिस्टसँग चारैजना कोचले सांगीतिक प्रस्तुति दिएर दर्शकलाई नचाए ।
धेरै मत ल्याएको आधारमा खड्कालाई उपाधि विजेता घोषणा गरियो । जितसँगै उनले १० लाख रुपैयाँ नगदसहित अन्य पुरस्कार प्राप्त गरिन् । प्रतिस्पर्धात्मक फिनालेमा अन्य फाइनलिस्टले पनि दमदार प्रस्तुति दिएका थिए ।
यो कार्यक्रम हिमालय टिभीबाट प्रसारण हुँदै आएको छ । होस्ट सुशील नेपालका अनुसार, ‘भ्वाइस अफ नेपाल’को आठौं सिजन चाँडै सुरु हुने तयारीमा छ ।





























यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4