+
+
Shares

नाडा अटो शोमा सार्वजनिक भयो फराइजन ईभी भ्यान

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ९ गते १८:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नाडा अटो शोमा शशीला मोटर्स प्रालिले फराइजनको नयाँ १३ सिटे विद्युतीय भ्यान सार्वजनिक गरेको छ।
  • कम्पनीका अनुसार जिली र सीएटीएलको सहकार्यमा विकसित ५०.२३ किलोवाट आवर ब्याट्री भएको भ्यान जीएक्सए–एम ईभी प्लेटफर्ममा निर्माण गरिएको हो।
  • कम्पनीले यो भ्यान १२ मिनेटमै २० देखि ८० प्रतिशतसम्म चार्ज हुने र धेरै रेन्ज दिने दाबी गरेको छ।

९ भदौ, काठमाडौं । नाडा अटो शोमा फराइजनको नयाँ विद्युतीय भ्यान सार्वजनिक गरिएको छ। नेपालका लागि आधिकारिक विक्रेता शशीला मोटर्स प्रालिले ल्याएको उक्त भ्यानमा भ्यान सेग्मेन्टकै सबैभन्दा धेरै फिचर रहेको कम्पनीको दाबी छ।

जिली र सीएटीएलको सहकार्यमा विकसित २ सी को ५०.२३ किलोवाट आवर क्षमताको ब्याट्री प्रयोग गरिएको उक्त भ्यान जीएक्सए–एम ईभी प्लेटफर्ममा निर्माण गरिएको हो।

कम्पनीका अनुसार ईभी प्लेटफर्ममै निर्माण भएकाले अन्य सवारीसाधनको तुलनामा यो सुरक्षित र आरामदायी रहेको छ। नयाँ ब्याट्री प्रविधिका कारण ब्याट्रीको आयु लामो हुनुका साथै छिटो चार्ज हुने र धेरै रेन्ज दिने कम्पनीको दाबी छ। कम्पनीका अनुसार उक्त भ्यानलाई १२ मिनेटमै २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

ईभी प्लेटफर्ममै निर्माण भएकाले ब्याट्री ठोक्किने सम्भावना न्यून रहेको र नेपालको खाल्डाखुल्डी भएको सडकमा समेत ब्याट्री सुरक्षित रहने कम्पनीले जनाएको छ।

१३ सिट क्षमताको उक्त भ्यानमा ३६० डिग्री क्यामरा, अटो होल्ड, ‘कि’ लेस इन्ट्री एन्ड स्टार्ट, एन्ड्रोइड तथा एप्पल कारप्ले लगायतका फिचर उपलब्ध छन्। भ्यानमा १२.३ इन्चको टचस्क्रिन र ७ इन्चको फुल एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ।

त्यस्तै, फ्रन्ट डुअल एयरब्याग, रेन सेन्सिङ वाइपर, अटो हेडलाइट र हिल होल्ड कन्ट्रोलजस्ता सुरक्षा तथा सुविधाका फिचरसमेत उपलब्ध छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?